मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

कर्णालीमा पहिलो पटक रारामा पर्यटक प्रहरी पोष्ट स्थापना

Ujyalosandeshonline 12461+ समाचार ( )
२४ चैत्र २०८१, सोमबार

मुगु । कर्णाली प्रदेशकै पहिलो अस्थाई पर्यटन पोष्ट रारा ताल्चामा स्थापना गरिएको छ । आन्तरिक तथा वाह्य पर्यटकहरुको सुरक्षाका लागि यस्तो पोष्ट स्थापना गरिएको छ । नेपालकै सबैभन्दा ठूलो र गहिरो ताल रारा घुम्न आउने पर्यटकहरुको सुरक्षाका लागि पर्यटक प्रहरी राख्न २०८१ माघ २५ गते पर्यटन विभाग र छाँयानाथ रारा नगरपालिकाबीच सम्झौता भए अनुसार सोमबार एक समारोहबीच पोष्ट स्थापना गरिएको हो । 

तत्काल प्रहरी सहायक निरीक्षकसहित पाँच जनाको टोली पोष्टमा रहने र नागरिकहरुको सहायतामा पर्यटकहरुको सुरक्षामा खटिने प्रहरी नायव उपरीक्षक सरोज गिरीले बताए । रारालगायत मुगुका बिभिन्न पर्यटक क्षेत्रमा घुम्न आउने पर्यटकहरुको शान्ति  सुरक्षाका लागि लामो प्रयासपछि पर्यटन विभागका निर्देशक लिलाधर अवस्थी र छाँयानाथ रारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पशुपती शाही बीच सम्झौतामा हस्ताक्षर भएको थियो । 

नेपाल सरकार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले पर्यटक प्रहरीको जनशक्ति, दरबन्दी र प्रहरी पोष्टको व्यवस्थापन गर्ने र नगरपालिकासंग सहकार्य र समन्वय गरि पर्यटकहरुलाई कामकाजमा खटाउने उल्लेख गरेको छ ।

नगरपालिकाले रारामा पर्यटक प्रहरीलाई बस्नको लागि घर, खानेपानी, विजुलीलगायतका आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने र पर्यटक प्रहरीका लागि उचित कार्य वातावरण निर्माण गर्नुपर्नेछ ।सम्झौता अनुसारपछि सर्नेगरी छाँयानाथ रारा नगरपालिका वडा नम्बर ४ ताल्चामा अस्थाई पर्यटन पोष्ट स्थापना गरिएको हो । 

मुगुमा रारा मात्र नभइ धार्मिक स्थलहरु, हिमाल, गुफा रहेका छन् । जङ्गलहरुका बीचमा रहेका यि स्थानहरुमा पर्यटकहरु एक्लै घुम्न डराउने गर्छन । पोष्ट स्थापनापछि पर्यटकले पनि सुरक्षित महशुस गर्ने र रारा बसाइ पनि लम्बिने नगर प्रमुख बिस्नु कुमार भामले बताए । 

पर्यटकको सुरक्षाका लागि पर्यटन प्रहरी भनेर २०३५ सालमा स्थापना गरिएको हो । पर्यटक प्रहरी अहिले देशभरी ३९ स्थानमा स्थापना भएपनि कर्णाली प्रदेशमा पर्यटन मन्त्रालय अन्तर्गत मन्त्रीपरिषद्को मिति २०८१ मंसिर ८ गतेको निर्णय र नगरपालिकाको २०८१ माघ २५ गतेको सम्झौता अनुसार प्रदेशमै पहिलो पटक छाँयानाथ रारा नगरपालिका नडा नम्बर ४ ताल्चामा पोष्ट खडा गरिएको हो । पोष्ट संचालनका लागि सबैको सहयोगको अपेक्षा समेत रहेको पर्यटक प्रहरी इन्र्चाज प्रहरी सहायक निरीक्षक सन्जु कुमार बिश्वकर्माले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार