मुख्य समाचार
सुदूरपश्चिम खेलको उर्वर भूमि होः मुख्यमन्त्री भट्ट | बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति | चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध | बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह | रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा | नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड | बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात | बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे | गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सरकार कटिबद्ध छ: सांसद पुनम अग्रवाल | पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध |

राष्ट्रभक्तिको भावना कमजोर हुँदै जाँदा विदेशिने होड चल्यो : प्रचण्ड

Ujyalosandeshonline 12498+ समाचार ( )
१९ फाल्गुन २०८१, सोमबार

जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले युवा जनशक्ति निरन्तर विदेश पलायन भइरहेकाले देशको औद्योगिक तथा आर्थिक विकास ठप्प परेको बताएका छन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघमा उद्योगी–व्यवसायीसँगको भेटमा अध्यक्ष प्रचण्डले औद्योगिक र आर्थिक विकासबिना समृद्धि सम्भव नहुने उल्लेख गर्दै उनले युवा जनशक्ति बाहिरिँदा औद्योगिक गतिविधिहरू प्रभावित भइरहेको बताएका हुन् ।

डलरको लोभ तथा राष्ट्रभक्तिको भावना कमजोर हुँदै जाँदा विदेशिने होड चलेको छ । यसलाई रोक्न नैतिक र राष्ट्रभक्तिको शिक्षा आवश्यक रहेको उनले बताए । त्यस्तै अध्यक्ष प्रचण्डले राजनीतिक स्थिरता तथा सुशासनका लागि कार्यकारी शासकीय प्रणाली आवश्यक रहेको बताए । 

अहिलेको शासकीय प्रणालीमा स्थिरता कायम गर्न कठिन रहेको उनले स्पष्ट पारे । उनले जनकपुरधाम ऐतिहासिक शहर भए पनि राजनीतिकरणका कारण वीरगञ्ज र विराटनगरभन्दा पछि परेको बताए । अब जनकपुरधामको विकासका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जनकपुर रेलवे सुधारका लागि मालवाहक बोगी थप्न पहल गर्ने उनले बताए । भारतसँग भएको विद्युत व्यापारले नेपालको आर्थिक विकासमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा आयोजित भेटघाट कार्यक्रममा व्यापारीहरूले नेपालमा औद्योगिक विकासको कमी, युवा पलायन जस्ता विषयमा अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार