मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

कञ्चनमा महिला हिंसा न्यूनीकरणका लागि क्षमता विकास तालिम सम्पन्न, अन्तर पार्टी महिला सञ्जाल गठन

Ujyalosandeshonline 12208+ समाचार ( )
२४ मंगशिर २०८२, बुधवार

कञ्चन । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनका अवसरमा रुपन्देहीको कञ्चन गाउँपालिकामा महिला तथा बालिका विरुद्ध हुने हिंसा रोकथामसम्बन्धी एक दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । सिर्जनशिल संस्था नेपाल र महिला कानुन र विकास मञ्चको सहकार्यमा आयोजित उक्त तालिममा महिला जनप्रतिनिधि तथा राजनीतिक दलका महिला अगुवाहरूको सहभागिता थियो । कार्यक्रममा प्रशिक्षक प्रतिमा शर्माले महिला अधिकार, हिंसाका प्रकार र कानुनी उपचारबारे प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष नवराज ढकालले समाजलाई विकृत बनाउने हिंसा अन्त्यका लागि कानुनी सचेतना र सामूहिक प्रतिवाद आवश्यक रहेको बताउनुभयो । त्यस्तै, उपाध्यक्ष मौसमी थापा मगरले महिलाहरू कानुनी रूपमा सचेत भए मात्र पालिकालाई हिंसा सुरक्षित बनाउन सकिने र नीतिगत पहलमा महिलाको सशक्तिकरण आवश्यक रहेकोमा जोड दिनुभयो ।

सोही अवसरमा कार्यपालिका सदस्य कुमारी घर्ति मगरको संयोजकत्वमा 'अन्तर पार्टी महिला सञ्जाल' समेत गठन गरिएको छ। समितिका सदस्यहरूमा उजेली बि.क., तारा कार्की, पार्वती ढकाल, शान्ति घिमिरे र चेलिका भूजेल रहनुभएको छ। कार्यक्रममा सिर्जनशिल संस्थाकी सोना न्यौपानेले सञ्जालको भूमिकाबारे प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण गंगा घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार