मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

कञ्चनमा महिला हिंसा न्यूनीकरणका लागि क्षमता विकास तालिम सम्पन्न, अन्तर पार्टी महिला सञ्जाल गठन

Ujyalosandeshonline 12552+ समाचार ( )
२४ मंगशिर २०८२, बुधवार

कञ्चन । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनका अवसरमा रुपन्देहीको कञ्चन गाउँपालिकामा महिला तथा बालिका विरुद्ध हुने हिंसा रोकथामसम्बन्धी एक दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । सिर्जनशिल संस्था नेपाल र महिला कानुन र विकास मञ्चको सहकार्यमा आयोजित उक्त तालिममा महिला जनप्रतिनिधि तथा राजनीतिक दलका महिला अगुवाहरूको सहभागिता थियो । कार्यक्रममा प्रशिक्षक प्रतिमा शर्माले महिला अधिकार, हिंसाका प्रकार र कानुनी उपचारबारे प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष नवराज ढकालले समाजलाई विकृत बनाउने हिंसा अन्त्यका लागि कानुनी सचेतना र सामूहिक प्रतिवाद आवश्यक रहेको बताउनुभयो । त्यस्तै, उपाध्यक्ष मौसमी थापा मगरले महिलाहरू कानुनी रूपमा सचेत भए मात्र पालिकालाई हिंसा सुरक्षित बनाउन सकिने र नीतिगत पहलमा महिलाको सशक्तिकरण आवश्यक रहेकोमा जोड दिनुभयो ।

सोही अवसरमा कार्यपालिका सदस्य कुमारी घर्ति मगरको संयोजकत्वमा 'अन्तर पार्टी महिला सञ्जाल' समेत गठन गरिएको छ। समितिका सदस्यहरूमा उजेली बि.क., तारा कार्की, पार्वती ढकाल, शान्ति घिमिरे र चेलिका भूजेल रहनुभएको छ। कार्यक्रममा सिर्जनशिल संस्थाकी सोना न्यौपानेले सञ्जालको भूमिकाबारे प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण गंगा घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार