मुख्य समाचार
नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर | प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी | सवारी कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन | दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउनुहुने | बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह | चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता | जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने | ‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’ | कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह | मेडिकल व्यवसायी प्रसाईं थुनामुक्त |

प्लास्टिक प्रदूषण अन्त्यका लागि सबै एकजुट हुनुपर्छ : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11913+ समाचार ( )
२३ जेठ २०८२, बिहीबार

दाङ । विश्व वातावरण दिवस २०२५ को अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्लास्टिक प्रदूषण अन्त्य गर्दै स्वच्छ वातावरण निर्माणमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।मुख्यमन्त्री आचार्यले बिहिवार जारी गर्नुभएको शुभकामना सन्देशमार्फत विज्ञानको प्रगतिको उपजका रूपमा उत्पादित प्लास्टिकको अनियन्त्रित प्रयोगले वातावरणमा गम्भीर समस्या निम्त्याएको उल्लेख गर्दै प्लास्टिकजन्य फोहोरले माटो, जल, वनस्पति र जीवजन्तुहरूमा प्रत्यक्ष असर पारिरहेको बताउनु भएको हो ।

‘प्लास्टिक प्रदूषणको अन्त्य गरौं’ भन्ने नारासहित मनाइँदै गरेको यस वर्षको वातावरण दिवसले नागरिकलाई वातावरणप्रति थप जिम्मेवार बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले वातावरणीय सन्तुलन कायम राख्ने नीतिहरू निर्माण गरी कार्यान्वयन गरिरहेको जानकारी गराउनु भएको छ । 

उहाँले जलवायु परिवर्तनका चुनौतीसँग जुध्न अनुकुलन योजना अघि बढाइएको उल्लेख गर्दै प्लास्टिकको प्रयोग घटाउने, पुनः प्रयोगलाई प्रोत्साहन गर्ने र दिगो जीवनशैली अपनाउने अभियानमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।

मुख्यमन्त्री आचार्यले संविधानले प्रत्याभूत गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई व्यवहारमा उतार्न सबै नागरिक सचेत र सक्रिय हुनुपर्ने आवश्यकता औंल्याउनु भएको छ । उहाँले सबै निकायहरुसंगको सहकार्यबाट मात्रै वातावरणीय लक्ष्यहरू हासिल गर्न सकिने भन्दै जैविक विविधताले भरिपूर्ण लुम्बिनी प्रदेशमा दिगो विकासको आधारमा वातावरण संरक्षण गर्न सकियोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार