मुख्य समाचार
बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ | मृत माछामासु सेवन नगर्न अपिल | भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार | त्रिशूली र नारायणी नदीमा शवको खोजी तीव्र, ६९ वटा भेटियो | सर्वदलीय बैठकः उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धाभन्दा सहकार्यलाई ध्यानमा दिइने | सामाजिक सञ्जालमा क्षतविक्षत तस्वीर नराख्न सांसद भाटको आग्रह | त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए | आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु | भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त | भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग |

भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

Ujyalosandeshonline 12165+ समाचार ( )
तस्बिर : किरणराज बिष्ट/रासस
११ भाद्र २०८३, बिहीबार

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान गुमाउने ३५९ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार धादिङमा ३३ र नुवाकोटमा २८ जनाको शव फेला परेको हो । त्यसैगरी, रसुवामा १७, गोरखामा ३०, नवपरासीपूर्वमा ८२, नवपरासी पश्चिममा १५, तनहुँमा २२ र  चितवनमा १३२ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ७९६ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

आज मात्रै उद्धारका लागि ६९ वटा हेलिकप्टर उडान भएका छन् । हालसम्म कुल ५० जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । साथै जमिनबाट हालसम्म ७५६ जनाको उद्धार गरिएको छ । प्राधिकरणका अनुसार बाढी प्रभावित जिल्लाहरु रसुवा र नुवाकोटका लागि रु एक÷एक करोड र धादिङलाई रु ५० लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ । 

प्रभावित क्षेत्रमा हालसम्म १० ट्रक राहत सामग्री पठाइएको छ । जसमा चाउचाउ, बिस्कुट, ‘स्लिपिङ ब्याग’, ‘म्याट्रेस’, ब्ल्याङ्केटलगायत छन् । प्रभावित क्षेत्रमा सञ्चार ‘सेट’हरू पनि पठाइएको छ । हेलिकप्टरबाट चार उडान गरी खाद्य तथा गैरखाद्य सामग्री पनि पठाइएको छ । प्राधिकरणका अनुसार हाल ९१० जना सम्पर्कविहीन छन् । जसमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका चार, रसुवाका १६१ र नुवाकोटका एक जना छन् । साथै विदेशी नागरिक ५१७ जना र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक १२७ जना सम्पर्कविहीन छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार