मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

अवैध गाई गोरु तस्करीको घटना बढ्दो क्रममा

Ujyalosandeshonline 12456+ समाचार ( )
१९ चैत्र २०८१, बुधवार

हेटौँडा । मकवानपुर जिल्लामा अवैध गाई गोरु तस्करीको घटना फेरि दोहोरिएको छ । सशस्त्र प्रहरी बल नेपाल र पशु सेवा कार्यालय मकवानपुरको संयुक्त टोलीले गाई तस्करीको गिरोह सक्रिय रहेको पत्ता लगाउँदै, १५ वटा गाई सहित मिनी ट्रक र तीन जनालाई नियन्त्रणमा लिएको छ ।

चैत्र २० गते राति करिब ३ बजे हेटौँडा–१५ स्थित पूर्व–पश्चिम लोकमार्गको चेकपोइन्टमा शंका लागेपछि प्र.२–०३–०१ ख ३७४९ नम्बरको मिनी ट्रक रोकी जाँच गरिएको थियो। ट्रकमा कोचाकोच पारेर राखिएका गाईहरू फेला परेपछि सुरक्षाकर्मीहरूले थप सोधपुछ गरे। 

जाँचको क्रममा ट्रकमा साथमा रहेको भेटेरिनरी प्रमाणपत्र नेपाल पशु चिकित्सा परिषद्ले पहिल्यै निलम्बन गरिसकेको डाक्टरद्वारा जारी गरिएको खुल्यो। पशु सेवा कार्यालय प्रमुख बज्र किशोर ठाकुरले निलम्बित डाक्टरले जारी गरेको प्रमाणपत्र स्वतः अवैध हुने बताएका छन्।

पक्राउ परेका व्यक्तिहरूले गाईहरू कृषि प्रयोजनका लागि नवलपरासीको गैडाकोट नगरपालिकाबाट महोत्तरी जिल्लाको गौशाला लैजान लागिएको बताए। तर, प्रमाणपत्र नक्कली रहेको पुष्टि भएपछि ट्रक, गाई, र संलग्न तीनजनालाई नियन्त्रणमा लिएको प्रमुख ठाकुरले बताए ।

जाँचका क्रममा ट्रकमा लोड क्षमताभन्दा धेरै गाई राखिएको पाइएको छ। पशु ढुवान मापदण्ड २०६४ अनुसार, मिनी ट्रकमा बढीमा ९ वटा मात्र गाई राख्न मिल्ने भए पनि सो ट्रकमा १५ वटा गाई कोचिएको पशु सेवा कार्यालय प्रमुख ठाकुरले बताए। 

ट्रकमा केही गाई घाइते अवस्थामा पनि भेटिएका छन्, जसले पशु क्रूरता निवारण ऐनको उलंघन भएको उनले जानकारी दिए । प्रमुख ठाकुरका अनुसार, गाईहरूको अमानवीय ढुवानी गरिएकाले संलग्न व्यक्तिहरूमाथि कानूनी कारबाहीका लागि प्रहरीसमक्ष पठाइएको छ ।

नेपालको संविधान २०७२ को धारा २६(३) अनुसार, गाई हत्या कानूनी रूपमा प्रतिबन्धित छ। साथै, पशु सेवा ऐन २०५२ अनुसार गाई गोरु तस्करीमा संलग्न व्यक्तिलाई १ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ । त्यस्तै, ठगी ऐन २०३२ अनुसार नक्कली प्रमाणपत्र प्रयोग गरी ठगी गर्नेहरूमाथि थप कारबाही हुन सक्छ । पशु ढुवान मापदण्ड उल्लंघन गरेको कारण ट्रक मालिकलाई ५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने उनले जानकारी दिए । पछिल्लो समय मकवानपुरमा गाई तस्करीका घटनाहरू बढ्दै गएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार