मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

ठूलो परिमाणमा लागूऔषधसहित परासीमा एक पक्राउ

Ujyalosandeshonline 12321+ समाचार ( )
११ श्रावण २०८३, सोमबार

नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाको संयुक्त टोलीले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१ सन्डाबाट ठूलो परिमाणमा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।स्थानीय ३० वर्षीय गणेश गुप्ताको घरमा छापा मारी फाइबरको झोलामा लुकाइराखिएको अवस्थामा डाइजापाम ३ सय ९६ एम्पुल, फेनेरगन ४ सय ५६ एम्पुल र ब्रोफिन ४ सय ९१ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिनुभयो।

नियन्त्रणमा लिइएका गुप्ताविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।यसैबिच, प्रहरीले जिल्लाको पाल्हीनन्दन गाउँपालिका–५ बाट पनि लागूऔषध डाइजेपामसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत उत्तर प्रदेश महाराजगञ्जका ३३ वर्षीय सबेरे आलम र १६ वर्षीय एक किशोर रहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार