मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

‘देशमा राजतन्त्र ल्याउने ठाउँ नै छैन, कहाँबाट ल्याउनु ?’

Ujyalosandeshonline 12321+ समाचार ( )
२२ चैत्र २०८१, शनिबार

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले अहिले देशमा राजतन्त्र ल्याउने ठाउँ नभएको बताएका छन् । शनिबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले राष्ट्रपति प्रणालीगत र शासकिय सुधार, निर्वाचन प्रणालीमा सुधारहरु गर्न  सकिने तर राजा आउने कुरा भ्रम भएको बताएका हुन् ।

‘राजतन्त्र ल्याउने ठाउँ नै छैन । धेरै जनाले नबुझी राजतन्त्र आउँछ भन्छन् तर त्यो  संभव छैन् । राष्ट्रपति प्रणालीगत र शासकीय सुधार, निर्वाचन प्रणालीमा सुधारलगायत क्षेत्रमा काम गर्न सकिन्छ । त्यसैले राजा आउँछ भनेर भ्रममा नपरौं ।’साथै उनले अहिलेको सापेक्षतालाई हेर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमै  जानु उपयुक्त हुने बताए । उनले एउटा कसैले चाहँदैमा राजा नआउने र राजा ल्याउनको लागि हरेका दलभित्र बहस हुनुपर्ने बताए ।

उनले भने, ‘विभिन्न दल मिलेर संविधान बनाएको हो । त्यसैले राजा आउने र ल्याउने कुरामा बहस दलभित्रै हुनुपर्छ । दल भनेको त हतियार वा साधन हो नि । धर्म त परिवर्तन हुन्छ भने पार्टी परिवर्तन नहुने हो र ?’उनले अगाडि भने,‘अहिलेको सापेक्षतामा आर्थिक, सामाजिक अवस्था,विविधता, जटिल  भूराजनीतिक सबै अवस्थालाई हेर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा नै जानुपर्ने देखिन्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार