मुख्य समाचार
महेन्द्र प्रसाद उपाध्याय राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देहीकोसभापतिमा निर्वाचित | तेक्वान्दो प्रतियोगिताका प्रतिस्पर्धी | हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग | प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ | पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’ | तेह्रथुम र पाँचथर जोड्ने निर्माणाधीन लुमुघाट पुल | तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर | तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए | बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा | हुम्लाको बौल्यानामा खानेपानी समस्या |

मल नहुँदा धान पहेँलै, भारतीय बजारमा समेत मल अभाव

Ujyalosandeshonline 11483+ समाचार ( )
१६ भाद्र २०८२, सोमबार

यज्ञप्रसाद सापकोटा 

बर्दिया । गुलरिया नगरपालिका वडा नं ३ बस्ने बाबुराम यादव युरिया मलको खोजीमा निक्कै भौतारिए । कुनैपनि सहकारीको शेयर सदस्य नभएकाले उनले धानमा हाल्नका लागि मल पाएनन् । उनको खेतमा धान पहेँलै छ । ‘यसपाली भात खान नपाइने भयो’, उनले भने । 

‘सहकारीका सदस्यलाई नपुगिकन हामीलाई मल दिँदैनन्,’उनले भने, ‘पहिले पर्याप्त मल आउँदा दिन्थे अहिले हामीलाई मल दिँदैनन् ।’ सरकारले पठाउने अनुदानको मल सहकारीमार्फत विक्री गर्ने सरकारको नीति छ । तर सहकारीको साधारण सदस्यले मल नपाई सर्वसाधारणले रासायनिक मल पाउँदैनन् । 

सहकारी संस्थाहरूमा नै मल न्यून गएको हुँदा एक किसानले पाँच केजीसम्म युरिया बाँडेर लगेका छन् ।एक बिगाह खेत हुने किसानले पाँच किलो मल लगेको गुलरिया नगरपालिका वडा नं ३ मा रहेको कल्पतरु कृष्णसार कृषि सहकारी संस्थाका अध्यक्ष चिन्तामणी कंडेलले बताए । 

सरकारले पठाउने मल पर्याप्त नहुँदा बर्दिया जिल्लामा यस बर्ष धान खेतीको लागि युरिया हाहाकार भएको छ । गत बर्ष सरकारको मल अपर्याप्त भएपनि कृषकहरूले भारतीय सिमावर्ती बजारबाट मल खरिद गरेर ल्याउने गरेका थिए । यस बर्ष भारतीय बजारमा समेत मल पाउन छाडेपछि किसानहरू झन् मर्कामा परेका छन् । ‘पहिले पहिले भारतबाट अवैधरुपमा मल ल्याएर हाल्ने गरेका थियौँ’ नाम उल्लेख नगर्ने शर्तमा एक किसानले बताए ।

उनले थप भने, ‘यस बर्ष भारतीय बजारमा समेत मल पाइएन त्यसैले पनि मल हाल्न पाइएन, धान रोप्दा थोरै थोरै डिएपी हालेको थिएँ अहिले युरिया त हाल्नै पाएन ।’ मलको अभावमा किसानका खेतहरू पहेँला देखिन थालेका छन् । सिचाइ अभाव खेप्दै आएका बर्दियाका किसान रासायनिक मलको अभाव पनि खेपीरहेका छन् । पर्याप्त रासायनिक मल नहुँदा यस बर्ष धान उत्पादन घट्न सक्ने अनुमान गरिएको छ । 

एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख सागर ढकालले यस बर्ष रासायनिक मलको चरम अभाव भएको बताए । रासायनिक मलको अभावले गर्दा धानको उत्पादनमा कमी आउने अनुमान गरिएपनि कति घट्छ भन्ने यकिनका साथ भन्न नसकिने उनले बताए । 

बर्दिया जिल्लामा करिब ५१ हजार हेक्टरमा धान खेती हुने गर्दछ । प्रमुख ढकाललका अनुसार बर्दिया जिल्लामा  बार्षिक १२ हजार मेट्रिक टन युरिया, ७ हजार मेट्रिक टन डिएपी र एक हजार मेट्रिक टन युरियाको माग हुँदै आएको छ । जसमध्ये ५० प्रतिशत मल मात्र बर्दियामा उपलब्ध हुँदै आएको छ । गत बर्ष सम्म किसानले भारतीय बजारबाट मल ल्याउने गरेपनि यस बर्ष भारतीय बजारमा समेत मल पाइएको छैन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार