मुख्य समाचार
कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन | विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने | बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध | सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा | जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने | नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द | आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने | पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द | प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव | नेपाली कांग्रेस रूपन्देही १ को क्षेत्रीय सभापतिमा बैजनाथ साहनीको उम्मेदवारी घोषणा |

सीतापाइलामा परिवारै मृत फेला, हत्यापछि आत्महत्याको शंका

Ujyalosandeshonline 12400+ समाचार ( )
९ फाल्गुन २०८०, बुधवार

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–६ सीतापाइलामा बुधबार परिवारका तीन सदस्यको हत्या गरेर गरेर एक जनाले आत्महत्या गरेका छन् ।

श्रीमती ३९ वर्षीया ईश्वरी श्रेष्ठ घिमिरे, छोरीहरु ८ वर्षीया अनिशा र २ वर्षीया शिवानीको हत्या गरेका राजु घिमिरेको शव नागार्जुनको जंगलमा पासो लगाइ झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

ईश्वरीसहित दुई बालिकाको शव कोठामा फेला परेको थियो । श्रीमान कोठामा थिएनन् । पछि परिवारको हत्या गरेको शंकामा खोजीमा खटिएको प्रहरीले उनको शव नागार्जुनको जंगलमा झुण्डिएको अवस्थामा फेला पारेको जनाएको छ ।

घरमा भेटिएका शवमा धारिलो हतियारका चोटहरू छन् । घटनाको प्रकृतिको आधारमा राजुले श्रीमतीसहित दुई छोरीको हत्या गरेपछि आत्महत्या गरेको देखिए पनि पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ । राजु र ईश्वरी दैनिक ज्यालादारी काम गर्दै आएका थिए ।

घटनाबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसहितको टोलीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार