मुख्य समाचार
ज्येष्ठ नागरिक जनै बनाउँदै | प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि | विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा | हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु | धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल |

पार्टीको अभियानलाई प्रभावकारी बनाउन अध्यक्ष यादव लुम्बिनीमा

Ujyalosandeshonline 11878+ समाचार ( )
१६ पौष २०८१, मङ्गलबार

लुम्बिनी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियानलाई प्रभावकारी बनाउन पाँच दिने राजनीतिक कार्यक्रम लिएर लुम्बिनी प्रदेश पुगेका छन् । 

पुस १५ गतेदेखि पुस १९ गतेसम्मको कार्यतालिका बोकेर अध्यक्ष यादव लुम्बिनी प्रदेश पुगेको पार्टीको प्रचार विभागले जानकारी दिएको छ । अध्यक्ष यादवले मङ्गलबार परासीको बहुमुखी क्याम्पसमा जिल्ला कार्यसमिति र सम्पूर्ण भ्रातृसंगठनका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने छन् । 

जसपा नेपालले पुस १७ गते बाँके जिल्लाको नेपालगञ्जस्थित जिल्ला समन्वयको सभाहलमा जनतासँग जसपा नेपालसँग, आधारभूत संगठन निर्माण अभियानसम्बन्धी कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा अध्यक्ष यादव प्रमुख वक्ता भई कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ ।  

अध्यक्ष यादव पुस १८ गते पार्टीले बाँकेको नरैनापुर गाउँँपालिकामा र पुस १९ गते बर्दियाको गुलरियामा आयोजना गर्ने अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । अध्यक्ष यादवले सोमबार नवलपरासी जिल्ला समितिद्वारा संगठन निर्माण अभियानअन्तर्गत रामग्रामको हुकईमा आयोजित सभालाई सम्बोधन गरेका थिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार