मुख्य समाचार
धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह | बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो | आजको मौसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना | दश वर्षमा पनि बनेन मनाङमा पुल | बुटवलबाट बेनीतर्फ लैजाँदै गरेको ८५ हजारको अवैध कपडा पाल्पामा बरामद | भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको कपडा नवलपरासीमा पक्राउ | विमानस्थलबाट गाँजासहित विदेशी नागरिक पक्राउ | गुल्मी जिल्ला प्रशासनको सेवामा सुधार, एकद्वार प्रणाली र QR भुक्तानीको माग | केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ | बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट |

कुपोषण र भोकमरीविरुद्ध ‘इनफ’ अभियान

Ujyalosandeshonline 12080+ समाचार ( )
१८ जेठ २०८१, शुक्रबार

काठमाडौं । बाल कुपोषण र भोकमरी उन्मूलन गर्ने उद्देश्यले ‘इनफ’ अभियान सुरुवात भएको छ । बालबालिकाको क्षेत्रमा कार्यरत वल्डभिजन इन्टरनेश्नल र सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालले संयुक्तरुपमा अभियानको घोषणा गरेका हुन् । 

बिहीबार भएको घोषणा कार्यक्रममा वल्डभिजन इन्टरनेश्नल नेपालका राष्ट्रिय निर्देशक रोज्लिन गाब्रियलले नेपालमा सन् २००१ देखि वल्डभिजनले बालअधिकारको रक्षा तथा पोषण र स्वास्थ्यमा विशेष ध्यान दिएर बालबालिकाको कल्याणका लागि काम गरिरहेको बताइन् । इनफ अभियानले प्राथमिकरुपमा बाल भोकमरी र कुपोषण अन्त्यका लागि नेपाल सरकारको कार्यक्रम तथा प्रयासलाई सहयोग गरी बालबालिकाको पोषणलाई सुनिश्चित गर्ने लक्ष्य लिएको उनको भनाइ थियो ।

दिगो विकास लक्ष्य हासिल गर्न देशको प्रतिबद्धता र त्यसलाई प्राप्त गर्न बहुक्षेत्रीय पोषण योजना (तेस्रो) र  १६ औँ आवधिक योजना जस्ता राष्ट्रिय प्राथमिकतालाई पूरा गर्न यो अभियानले सघाउने उनले बताइन् । वल्डभिजन इन्टरनेशनल नेपालले नेपालमा बाल भोकमरी र कुपोषणको क्षेत्रमा नेपाल सरकारलाई सहयोग गर्न १७ लाख अमेरिकी डलर सहयोग दिने प्रतिबद्धता पनि जनाएको छ । 

विश्वका विभिन्न देशमा भोकमरी र कुपोषणमा रहेका बालबालिकाको खाद्य अधिकार र पोषणको अधिकारलाई सुनिश्चित गर्ने अभिप्रायका साथ २०२३ को सेप्टेम्बर २२ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाबाटै यो अभियानको घोषणा गरिएको हो ।

प्रत्येक ८ घरपरिवारमा १ जनाले खाद्य असुरक्षाको सामना गर्नुपरेको छ र स्वस्थ आहारको अभावमा प्रत्येक ४ मा १ जना बालबालिकाको मस्तिष्क र शरीर दुवैको पूर्ण क्षमतामा वृद्धि हुन नसकेको पाइएको र यो अवस्था अन्त्य गर्न वल्डभिजन इन्टरनेशनल नेपाल र अकोराबको सहकार्यमा ३ वर्षे अभियानको औपचारिक सुरुवात गरिएको हो ।

कार्यक्रममा बालबालिका, बिभिन्न सरोकारवाला निकायका प्रतिनिधि, सरकारी प्रतिनिधि, सरोकारवाला मन्त्रालयका पदाधिकारी, सांसद, संवैधानीक आयोगका पदाधिकारी, दातृ निकाय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज, पोषणविद्, पत्रकार र साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अभियानले विद्यालय र समुदायका बालबालिकाका लागि पोषणयुक्त खाना र पूरक आहारमा पहुँचसहित केही प्रमुख क्षेत्रहरूलाई प्राथमिकता दिनेछ ।

पर्याप्त तथा विशेष स्तनपानमा वृद्धिस बाल वृद्धि अनुगमन र पोषणमैत्री स्थानीय शासन अभिवृद्धि गर्न सरकारसँगको सहकार्यस बालबालिकाको भोकमरी र कुपोषणलाई सम्बोधन गर्न बजेट बढाउन वकालत गर्ने विषयमा अभियान केन्द्रित हुनेछ ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालले सन् २०२५ सम्म विशेष गरी सबैभन्दा जोखिममा परेका १० दशमलव ७ मिलियन बालबालिकाको स्वास्थ्य सुधार गर्न कार्यक्रम केन्द्रित गर्ने जनाएको छ । अभियान १६ जिल्लाका ५३ वटा पालिकामा सञ्चालन गरिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार