मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

धकधईमा रामदेवको पतञ्जलीले एक अर्बको लगानीमा आयुर्वेदिक औषधालय सञ्चालन गर्ने

Ujyalosandeshonline 12450+ समाचार ( )
११ कार्तिक २०८०, शनिबार

भैरहवा । भारतको हरिद्वारस्थित पतञ्जली योगपिठले रूपन्देहीमा योग प्रशिक्षण केन्द्र र वेलनेस सेन्टर स्थापना गर्ने भएको छ । पतञ्जलीले रूपन्देहीको धकधईमा एक अर्ब रूपैयाँको लगानीमा आयुर्वेदिक औषधि उद्योग सञ्चालन गर्ने जनाएको छ ।

योगपिठका अध्यक्ष आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपालमा जडिबुटीको भण्डार रहेको र तिनै जडिबुटीको सदुपयोग गर्दै आयुर्वेदिक औषधि उद्योग सञ्चालन गर्ने जानकारी दिनुभएको हो । 

नेपालका हिमाल, पहाड, तराईका वनजंगल, खोलानाला तथा खोल्सा खोल्सीमा जडिबुटीहरूको भण्डार रहेको तर ती जडिबुटीको उचित प्रयोग हुन सकेको नसकेको भन्दै आचार्य बालकृष्णले खेर गैरहेका त्यस्ता जडिबुटीको सदुपयोगका लागि उद्योग सञ्चालन गर्न लागिएको जनाउनुभयो । उद्योग स्थापनापछि ५ सय बढीले रोजगारी पाउने र उनीहरू अधिकांश स्थानीय नै हुने आचार्य बालकृष्णको भनाई छ । नेपाल र भारतको राजनीतिक सीमा र सम्बन्ध फरक भए पनि सांस्कृतिक विरासत एउटै भएको आचार्य बालकृष्णको भनाई छ ।

प्रतिक्रिया

Irfan khan १७ कार्तिक २०८०, शुक्रबार

Sihorwa

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार