मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

एक महिनाभित्र भुक्तानी दिने सहमतिपछि दूग्ध किसानको आन्दोलन स्थगित

Ujyalosandeshonline 12342+ समाचार ( )
२० फाल्गुन २०८०, आइतबार

काठमाडौँ । एक महिनाभित्र दूध बिक्रीवापतको रकम किसानले भुक्तानी पाउने सहमति भएपछि दूग्ध किसानहरुको आन्दोलन स्थगित भएको छ । 

शनिबार साँझ कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालसमेतको उपस्थितिमा सरकार, उद्योगी र दूग्ध सहकारी संघबीचको वार्तामा सरकार र उद्योगहरुले किसानलाई एक महिनाभित्र भुक्तानी दिन सहमति जनाएका छन् । सरकार र दूग्ध सहकारी संघबीच लिखितरुपमै पाँच बुँदे सहमति भएको छ । सहमतिपछि किसानहरूले आइतबारदेखि आन्दोलन स्थगित गर्न तयार भएका हुन् । 

वार्तापछि उद्योगीले आगामी चैत्र २१ गतेसम्ममा दूधको भुक्तानी गरिसक्ने भन्ने सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको दूग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी दिए । 

उनका अनुसार उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने गरी दूध खरिद गर्ने, उद्योगीको दूध तथा दुग्धजन्य पदार्थ निर्यातका लागि कृषि तथा पशुपक्षी मन्त्रालयले समन्वय गर्ने, निर्यात प्रवद्र्धनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने, पशुपालक किसानलाई सरकारले दिँदै आएको बीमा कार्यक्रमलाई निरन्तरता दिने र केन्द्रीय दुग्ध सहकारी संघले राखेका माग सम्बोधनका लागि पहल गर्ने सहमति भएको छ । दूधको भुक्तानी नपाएपछि किसानहरु फागुन ८ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार