मुख्य समाचार
नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति |

ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छ : मन्त्री घिसिङ

Ujyalosandeshonline 12542+ समाचार ( )
५ मंगशिर २०८२, शुक्रबार

जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कूलमान घिसिङले घोषित मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन हुने बताउनुभएको छ । आज जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले सरकार प्रतिबद्ध भएर चुनावको तयारीमा सरकार लागेकाले चुनाव हुनेमा ढुक्क रहन सबैलाई आग्रह गर्नुभयो । उहाँले अगामी फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचनको वातावरण बन्दै गएको र जनता निर्वाचनका लागि उत्साहित रहेको आफूले पाएको बताउनुभयो । 

मन्त्री घिसिङले सरकार सम्पूर्ण शक्ति लगाएर चुनावको तयारीमा लागेकाले चुनाव हुनेमा ढुक्क रहन र यस कार्यमा आवश्यक सहयोग गर्न आग्रहसमेत गर्नुभयो । उहाँले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गराउन आवश्यक परे सेना परिचालन गर्न सकिने उल्लेख गर्दै  सामान्य विवादले चुनाव हुँदैन कि भनेर नसोच्न सबैलाई अपिल गर्नुभयो । 

श्रीसीताराम विवाहपञ्चमी महोत्सवको तयारी र जानकी मन्दिरमा दर्शनका लागि यहाँ पुग्नुभएका मन्त्री घिसिङलाई जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले स्वागतसहित जानकारी गराउनुभएको थियो । मन्त्री घिसिङसँगै युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले जानकी मन्दिर पुगेर पूजाअर्चनासमेत गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार