मुख्य समाचार
भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता |

नतिजा शुन्य आएको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अकबाल खाँले दिए राजीनामा

Ujyalosandeshonline 12543+ समाचार ( )
६ वैशाख २०८१, बिहीबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर २ खुरहुरियास्थित मदरसा गौसिया रिजिविया अहले सुन्नत गरीब नमाज (विद्यालय) व्यवस्थापन समितिका अध्यक्ष अकबाल खाँले पदबाट राजीनामा दिएका छन् । 

शैक्षिक सत्र (वर्ष) २०८० मा बाल विकासदेखि कक्षा ५ सम्म अध्ययनरत ५० जना विद्यार्थीहरुमध्ये कुनै पनि विद्यार्थी उत्तीर्ण नभएकाले राजीनामा दिएको उनले बताए । अध्यक्ष खाँले रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजन, प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम र शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेलाई राजीनामा पत्र बुझाएका हुन् ।

राजीनामा पत्र बुझाएपछि उनले भने, ‘मैले विगत लामो समयदेखि यस विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदको जिम्मेवारी सम्हाल्दै आएको थिए । विद्यालयको भौतिक संरचना सुधार गरे । समितिले आर्थिक स्रोतको जोहो, सुविधासम्पन्न कक्षाकोठा तथा पाँचजना शिक्षक व्यवस्थापन गर्दा पनि नतिजा शुन्य आएकाले नैतिकताको आधारमा राजीनामा दिएको हुँ ।’

उनले अब गठन हुने नयाँ विद्यालय व्यवस्थापन समितिले यहाँको पढाइमा सुधार ल्याउने विश्वास व्यक्त गरे । ‘मलाई समितिले सल्लाहकारमा राखेको अवस्थामा आफ्नोतर्फबाट विद्यालयको विकासका लागि सक्दो सहयोग गर्छु । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्यमा शिक्षाको बारेमा जानेबुझेको मान्छे आउनुपर्छ । विद्यार्थीहरुको शुन्य नतिजाका कारण अध्यक्ष पदमा बसिरहन मेरो नैतिकताले दिएन, ’उनले भने ।

रोहिणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अकबाल खाँसहित समितिका सदस्यहरुको राजीनामा आएकाले राजीनामा पत्र गाउँ शिक्षा समितिको बैठकमा पेश गर्ने बताए । घिमिरेका अनुसाररोहिणीमा सामूदायिक, संस्थागत र धार्मिक गरी ४१ वटा विद्यालयहरु छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार