मुख्य समाचार
धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ |

दुग्ध संस्थानमा दादागिरी धेरै भयो, अब उथलपुथल गर्छु :मन्त्री शाह

Ujyalosandeshonline 11874+ समाचार ( )
८ असार २०८१, शुक्रबार

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी शाहले डेढ महिनाभित्र दुग्ध विकास संस्थानमा उथलपुथल गर्ने टिप्पणी गरेकी छिन् । 

शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले किसान र व्यवसायीहरूलाई प्रोत्साहन गर्नुपर्ने ठाउँमा निरुत्साहित भइरहेको भन्दै सञ्चालकहरुको दादागिरी कहिलेसम्म चल्छ भनेर प्रश्न गर्दै डेढ महिनाभित्रमा उथलपुथल गर्ने र त्यसको लागि जे चुकाउनपरे पनि तयार रहेको बताइन् ।  

उनले भनिन्, ‘कहीं नभएको जात्रा दुग्ध संस्थामा भएको छ । कुनै किसान र व्यवसायीहरूमाथि खेलवाड गर्न पाइँदैन । त्यत्ति धेरै मेहेनत गर्नेहरूलाई त प्रोत्साहन गर्नुपर्ने हो तर आज निरुत्साहित किन भइरहेको छ ? हामी यहाँसम्म के का लागि ? कमान्ड कन्ट्रोल गर्न सकिँदैन भने छोड्दिए हुन्छ । म यो छु त्यो भनेर दादागिरी गर्ने । कसले के गर्नसक्छ भन्ने खालको दादागिरी कहिलेसम्म चल्छ? अब दादागिरी धेरै समय चल्दैन । एक डेढ महिनामा केही न केही उथलपुथल गर्छु । जे पर्छ यसको लागि केही चुकाउनुपर्छ भने चुकाउन तयार हो । तर मंैले आँट लिइसकेको छु । हिम्मतका साथ अगाडि बढेको छु ।’

उनले दुग्ध क्षेत्रका सञ्चालकहरुले मन्त्रालयहरुसँग समन्वय नै नगरी आफूखुसी ढङ्गले काम गरिरहेको गुनासो गरिन् । डेरीमा पैसा गयो भन्ने तर हिसाब किताब नदेखाउने प्रवृत्तिले सबै कृषकलाई समेट्न नसकिएको उनको भनाई छ । 

उनले भनिन् , ‘संञ्चालकहरु आफ्नै ढङ्गले  हिडिएरका छन । मन्त्रालयहरुसँग समन्वय नै गर्दैनन् ।  भुक्तानी दिएका छौं तर हामीसँग समन्वय छैन् । किसानहरू हातमा पुग्यो कि पुगेन ? ३० करोडको हिसाब त ल्याउनु प¥यो नि । ३० करोडको हिसाब को कसको घरमा गयो ? कुन कुन पालिकामा गयो ?कति सदुपयोग भयो भनेर हामीले थाहा पाउनुप¥यो नि । डेरीमा यसरी पठाइयो भन्ने आइरहेको छ । यति करोड पठाइयो यो ठाउँमा यति लाख पठाइउो भनेर हुँदैन् । हिसाब किताब चाहिन्छ होला नि ।’

मन्त्री शाहले, धान रोपाइँको सिजन यसपाली मलको अभाव नहुने दाबी गरिन् । टेन्डर प्रकृयामा जान मात्र नेपाललाई १२–१४ महिना लाग्ने कारणले गर्दा पनि मल वितरणमा ढिलाइ हुने गरेको बताइन् । मल वितरणको समस्यामा दीर्घकालिन समाधानका लागि लागिपरेको उनको जिकिर छ । 

उनले भनिन्, ‘अहिले धान रोपाइँको सिजनको कुरा गर्दा यसपाली मलको अभाव हुँदैन । मलको वितरण प्रणालीको कुरा गर्दा टेन्डर प्रकृयामा जान मात्र नेपाललाई १२–१४ महिना लाग्ने रहेछ । यसकारण पनि ढिला भएको हो । यसको बारेमा कुरा पनि गरे तर खरिद ऐनले कार्यविधि अप्ठ्यारो बनाइदिएको छ । तर पनि मैंले यसको दीर्घकालीन समाधानमा लागेको छु ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार