पाल्पामा प्रहरीद्वारा नागरिक सुनुवाइ सम्पन्न

Ujyalosandeshonline 12326+ समाचार ( )
३१ भाद्र २०८३, बुधवार

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाको आयोजनामा माथागढी गाउँपालिका–६ गोठादीस्थित वडा कार्यालयको सभाहलमा प्रहरी सेवा प्रवाहसम्बन्धी नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र पञ्जियार थारूले प्रहरीबाट प्रदान गरिने सेवा, शान्ति सुरक्षाको अवस्था तथा नागरिकका गुनासो र जिज्ञासाबारे सम्बोधन गर्नुभएको थियो। सो अवसरमा उहाँले नागरिकका सुरक्षासम्बन्धी समस्या प्रत्यक्ष सुनेर समाधानका लागि प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो।

माथागढी गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया लुङ्चे, वडा अध्यक्षहरू, जनप्रतिनिधि, वडा कार्यालयका कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य एकाइ तथा सङ्घसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सर्वसाधारण र पत्रकारहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। सहभागीहरूले प्रहरी सेवालाई अझ प्रभावकारी, नागरिकमैत्री, पहुँचयोग्य र पारदर्शी बनाउने विषयमा गहन छलफल गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार