मुख्य समाचार
यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग |

नेपाली कम्युनिस्ट पार्टी जनताको आशा र भरोसाको केन्द्र हो : सहसंयोजक नेपाल

Ujyalosandeshonline 12535+ समाचार ( )
१९ कार्तिक २०८२, बुधवार

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नवगठित पार्टी नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह र जनताको आशा र भरोसाको केन्द्र बनेको बताउनुभएको छ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित विभिन्न १० वामपन्थी पार्टीबीचको एकता राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले जनताको मन र विश्वास जित्ने तथा देशको समस्या समाधान गर्न यो पार्टी अघि बढ्ने बताउनुभयो ।

सहसंयोजक नेपालले भन्नुभयो, “आज हामीले एतिहासिक काम सम्पन्न र एतिहासिक सुरुवात गरेको छौँ । यसले सिङ्गो नेपाली राजनीतिमा तरङ्ग पैदा गर्नेछ । नेपाली जनताको आशा र भरोसाको केन्द्र बन्नेछ ।” मुलुक अहिले असाधारण परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उहाँले मुलुकका समस्या समाधान गर्न अन्य वामपन्थी शक्तिलाई एकतामा आउन आह्वान गर्नुभयो । 

“ढिला नगर्नुस्, जनताको भावना र समयको महत्त्व बुझ्नुस्, आउनुहोस्, एकताबद्ध भएर अघि बढ्ने निर्णय गरौँ,” सहसंयोजक नेपालले भन्नुभयो । कम्युनिष्ट पार्टीको अगुवाइमा पञ्चायत र राजतन्त्र अन्य गरिएको, जनप्रतिनिधिबाट संविधान बनाइएको उल्लेख गर्दै उहाँले कम्युनिस्ट पार्टीको उपादेयता नसकिएको जिकिर गर्नुभयो ।

“नेपाली राजनीतिमा इमान्दारिताको अभाव छ, आफ्नो व्यवहारबाट जनताको मन जित्नुपर्छ”, उहाँले भन्नुभयो, “मुलुक र जनताले भोग्नु परेको समस्या हल गर्न ध्यान केन्द्रित गर्नुपर्छ ।” अब कमी कमजोरी स्वीकार्दै जनतामा नयाँ आशा, विश्वास र सङ्कल्प जगाउन सक्नुपर्नेमा जोड दिँदै सहसंयोजक नेपालले त्यसदिशामा नेपाली कम्युनिस्ट पार्टी सफल हुने बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार