मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

चिरिच्याट्ट र आकर्षक बन्दै मदन भण्डारी पार्क

Ujyalosandeshonline 10783+ समाचार ( )
२७ असार २०८२, शुक्रबार

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–५ पकरबासको सल्लेनी सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको मदन भण्डारी पार्क पिकनिक र घुमफिरका लागि आकर्षक बनाइँदैछ । जिल्ला सदरमुकाम मन्थलीबाट करिब आधा घण्टाको दूरीमा रहेको सो पार्कमा सल्लेनी वन भित्र रहेकोले शान्त र रमणीय छ । पार्कलाई आकर्षक र व्यवस्थित बनाउन विभिन्न संरचना निर्माणका साथै वृक्षारोपण पनि गरिएको छ ।

पार्कमा घुम्न र पिकनिक खान मानिसहरू आउन लागेका खाँडादेवी गाउँपालिका–५ वडाध्यक्ष मनोज पौडेल बताउँछन् । उनका अनुसार खाँडादेवी मन्दिर दर्शनमा जाने श्रद्धालुहरू पनि सो पार्कमा पिकनिक र अवलोकन भ्रमणका लागि पुग्ने गरेका छन् ।

सुरुमा खाँडादेवी गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरी डिपिआर तयार पारेको सो पार्कको निर्माणमा वाग्मती प्रदेश सरकारबाट ५० लाख रुपैयाँको बजेट प्राप्त भएको थियो । उक्त बजेटबाट पार्कभित्र शौचालय, कम्पाउण्ड, मदन भण्डारीको सालिक लगायत संरचना निर्माण गरिएको छ ।

पार्कलाई थप आकर्षक बनाउन वडा कार्यालय र गाउँपालिकाले खानेपानी, किचन लगायतका सुविधा मिलाएको छ । जिल्ला वन कार्यालयको समन्वयमा फोहोरा सहितको पोखरी निर्माण गरिएको छ ।  त्यस्तै पार्क भित्र ढुंगा छाप्नेलगायतका काम भएका छन् । 

प्राकृतिक सौन्दर्यले भरिएको सल्लेनी वनको बिचमा रहेको यो पार्क मन्थलीलगायत आसपासका बासिन्दाका लागि पिकनिक स्पट मात्र नभई रमणीय पर्यटकीय थलोका रूपमा विकास हुँदै गएको छ ।पार्कलाई सुन्दर बनाउन खाँडादेवी गाउँपालिकाको युवा परिषद्ले गत वर्ष र यस वर्ष पनि विभिन्न जातका बिरुवा लगाइएको परिषद्का कार्यकारी उपाध्यक्ष मदन खड्काले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार