मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

प्रतापपुर गाउँपालिकामा जापान सरकारको सहयोगमा दमकल प्राप्त

सितमती हरिजन 24+ समाचार ( )
१४ कार्तिक २०८२, शुक्रबार

सुस्ता । लामो प्रतीक्षापछि जापान सरकारको सहयोगमा प्रतापपुर गाउँपालिकाले एक थान दमकल प्राप्त गरेको छ। यसले गाउँपालिका र छिमेकी क्षेत्रहरूमा विपद् जोखिम न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। गाउँपालिका अध्यक्ष उमेश यादवले दुई वर्षको अथक प्रयासपछि जापान सरकार, युनाइटेड मिसन टु नेपाल र सुनवल सामुदायिक विकास केन्द्रको सहकार्यमा यो 'वरुण यन्त्र' प्राप्त भएको जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्षले अब दमकलले आगजनीका घटनाहरूमा हुने क्षति न्यूनीकरण गर्न र भविष्यमा हुन सक्ने सम्भावित विपत्तिबाट समुदायलाई जोगाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। दमकल प्राप्तिको प्रक्रियामा भएको ढिलाइबारे छलफल भए पनि अन्ततः यसले समुदायको सुरक्षामा ठूलो भूमिका खेल्ने निश्चित भएको छ। अध्यक्ष यादवले सहयोग पुर्‍याउनुहुने सबैलाई आभार व्यक्त गर्दै दमकल सञ्चालनमा सबैको सहयोगको अपेक्षा गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार