मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |
मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |


निरञ्जनी अखडाका प्रमुख स्वामी कैलाशानन्द गिरी धार्मिक भ्रमणका लागि नेपालमा

Ujyalosandeshonline 11768+ समाचार ( )
२० वैशाख २०८२, शनिबार

भैरहवा । भारतको निरञ्जनी अखडाका प्रमुख स्वामी कैलाशानन्द गिरी धार्मिक भ्रमणका लागि नेपालमा छन् । सोही क्रममा उनि भैरहवा आईपुगेका छन् । पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व सांसद प्रमोद कुमार यादव लगायतले उनलाई भैरहवा स्थित गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । 

विमानस्थलबाट उनलाई रथारोहण गराई रेडसन होटल पु¥याईएको थियो । केही बेरको विश्राम पछि स्वामी कैलाशानन्द बुटवलमा हुने विशेष कार्यक्रममा भाग लिन गए । 

स्वामी कैलाशानन्द गिरीको यो भ्रमणलाई नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले हेरिएको छ । उनले आफ्नो भ्रमणका क्रममा काठमाडौं, पोखरा, लुम्बिनी लगायतका विभिन्न धार्मिक तथा सांस्कृतिक महत्वका स्थानहरुको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका दौरान स्वामी कैलाशानन्द गिरीले पशुपतिनाथ मन्दिर, मुक्तिनाथ मन्दिर, स्वयम्भूनाथ स्तूपा जस्ता प्रमुख धार्मिक स्थलहरुको दर्शन गरेका छन् । 

स्वामी गिरी नेपालका विभिन्न मठ मन्दिरमा पुगेर पूजाअर्चना गरिरहेका छन् । भारतका हिन्दु धर्मालम्बीहरूका लागि प्रमुख अखडा मानिने निरञ्जनी अखडाका प्रमुख गिरी वैशाख १५ गते नेपाल आएका हुन् । उनि वैशाख २६ गतेसम्म नेपाल बस्ने कार्यक्रम रहेको छ ।

वैशाख १६ गते पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजाका लागि गएका गिरीलाई पशुपति क्षेत्र विकास कोषले स्वागत र सम्मान गरेको थियो । सम्मानपछि मन्दिरमा विशेष पुजाआज गरेका उनि त्यसैदिन पोखरा गएका थिए । उनले वैशाख १७ गते पोखरामा आयोजित कोटिहोमको उद्घाटन गरेका थिए ।

गिरी शुक्रबार मुस्ताङको दामोदर कुण्डमा पूजा गरेर पोखरा फर्किएका थिए । उनि २१ गते लुम्बिनी पुगेर बुद्धको जन्मस्थल र मायादेवी मन्दिरको अवलोकन गर्ने कार्यक्रम रहेको छ । यस्तै वैशाख २२ गते रसुवाको गोसाइकुण्डमा पूजा गर्ने कार्यक्रम तय भएको छ । वैशाख २३ गते काठमाडौंमा रहेको दक्षिणकाली मन्दिरको दर्शन गर्ने कार्यक्रम तय भएको छ ।

गिरी वैशाख २६ गते नयाँ दिल्ली फर्किने कार्यक्रम तय भएको छ । भारतमा निरंजन पीठाधिश्वर श्री श्री १००८ आचार्य महामण्डलेश्वर पूज्य स्वामी कैलाशानन्द गिरी भारत पुगेको बेलामा अधिकांश नेपाली नेताहरूले भेट्ने गरेका छन् । 

भैरहवामा पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै गिरीले नेपाल देवभूमि भएको हुदा यहाँ कुनै प्रकारको कमि नहोस भन्ने कामना सहित भगवान पशुपतिनाथको पूजा गरेको बताए । “मेरो भ्रमणको मूल उद्देश्य भनेको सनातन र मौलिक पराम्परालाई देवभूमि नेपाल सम्म पु¥याउने र दुबै देशको मैत्रीभाव बढाउने रहेको छ । उनले भने “भारतको अधिकतम् ब्यक्तिहरु नेपाल आउन र मुक्तिनाथ, दामोदर कुण्ड, पशुपतिनाथ लगायतको यात्रा गरुन भन्ने नै हो ।”

स्वामी कैलाशानन्द गिरीले नेपालको प्राकृतिक सुन्दरता र धार्मिक महत्वको प्रशंसा गरे । उनले नेपाल र भारतबीचको सदियौँ पुरानो सम्बन्धलाई स्मरण गर्दै आगामी दिनमा यसलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए ।

उनले भने, “नेपाल र भारत दुई भाइ जस्ता हुन् र हाम्रो सम्बन्ध अटुट छ । म यहाँको पवित्र भूमिमा आएर धेरै खुसी छु र यहाँका धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको दर्शन गर्न उत्सुक छु ।”

स्वामी कैलाशानन्द गिरीको यो भ्रमणले नेपालको धार्मिक पर्यटनलाई थप टेवा पुग्ने विश्वास लिइएको छ । उनि केही दिन नेपालमा रहने कार्यक्रम रहेको छ । उनले नेपालमा धार्मिक पर्यटनको सम्भावना अधिक रहेको हुदा यसको विकासको लागि दुबै देशका उच्चतम ब्यक्तिहरुले प्रयास गर्नुपर्ने बताए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार