मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

रुपन्देहीमा सुनको सिक्री लुटपाट गर्ने गिरोह पक्राउ

Ujyalosandeshonline 12320+ समाचार ( )
११ श्रावण २०८३, सोमबार

भैरहवा । रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ स्थित हाटबजारमा भीडभाडको मौका छोपी करिब दुई तोला बराबरको सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–११ का ३१ वर्षीय अकलेश बृजवासी, वीरगञ्ज महानगरपालिका–२० का २८ वर्षीय राजन राय, सोही पालिका-१६ का नाबालक, सोही स्थानका २१ वर्षीय अमन राय र भारतको बिहार राज्य, मोतिहारीका ४० वर्षीय मोहम्मद इमाम रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एंव डीएसपी कृष्ण कुमार चन्दका अनुसार, पक्राउ परेकाहरुको साथबाट सुनजस्तो देखिने सिक्री १ थान, मोबाइल फोन ४ थान र बा १९ च ४३७७ नम्बरको स्कर्पियो गाडी बरामद भएको छ। पक्राउ परेकाविरुद्ध चोरी मुद्दामा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार