मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

आइतबारदेखि नेपाल र रसियन टिमबीच मैत्रीपूर्ण भलिबल

Ujyalosandeshonline 12444+ समाचार ( )
५ श्रावण २०८१, शनिबार

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोली र रसियन टोलीबीच हुने मैत्रीपूर्ण खेल आइतबारदेखि सुरु हुने भएको छ । शनिबार नेपाल भलिबल संघले पत्रकार सम्मेलन गरी नेपाल र रसियन टोलीबीचको दुई मैत्रीपूर्ण खेल साउन ६ र ७ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने जानकारी दिइयो । 

नेपालले काभा महिला नेसन्स लिगको तयारीका लागि रसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालस्थित रसियाको दूतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल आयोजना हुन लागेको हो ।

नेपालले मैत्रीपूर्ण खेल र प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरिसकेको छ । अरुणा शाहीको कप्तानीमा दुई नयाँ खेलाडी समेट्दै टोली घोषणा भएको हो । टोलीको प्रशिक्षक जगदीश भट्ट छन् । उनलाई सहायक प्रशिक्षकमा भरत यादव र रुपेश विष्टले साथ दिएका छन् । 

नेपालको टोलीमा अरुणा शाही, सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट, उषा भण्डारी, शान्तिकला तामाङ, कविता भट्ट, प्रगति नाथ, सुमित्रा रेग्मी र आरती सुवेदी रहेका छन् । 

नेपालसहित पाँच राष्ट्र सहभागी हुने प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्ड हलमा चल्नेछ । नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्सले प्रतियोगिता खेल्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार