काठमाडौँ । नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलमा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र सेनेगलका परराष्ट्रमन्त्री शेख नियाङले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा आज हस्ताक्षर गर्नुभएको हो परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ । त्यसअघि दुवै मन्त्रीबीच भेटवार्ता भएको थियो । उहाँले पारस्परिक हितका विविध विषयमा विचारविमर्श गर्नुभएको जनाइएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध १८८ देशमा विस्तार भएको छ ।