मुख्य समाचार
२६ ग्रामभन्दा बढी लागूऔषधसहित रोहिणीका देवान नियन्त्रणमा | भैरहवाबाट ४३५ एम्पुल लागुऔषधसहित दुई जना पक्राउ | पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि... | अपराधको प्रकृति फेरिँदै: नवलपरासीमा मुद्दा दर्ता र अनुसन्धानको चाप बढ्दो | सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’ | ‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’ | जुम्लामा उत्पादन भएको स्याउको अधिक माग | मन्त्रिपरिषद्द्वारा मिटरब्याज पीडितसँग भएको सहमति अनुमोदन | सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै | मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन |

'स्थानीय बजार, स्वदेशी वस्तु' नारासहित भैरहवामा लुम्बिनी महोत्सवको तयारी

Ujyalosandeshonline 11808+ समाचार ( )
२७ कार्तिक २०८२, बिहीबार

भैरहवा । भैरहवामा आगामी मंसिर ३ देखि २१ गतेसम्म सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन) आयोजना हुने भएको छ । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) द्वारा सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा आयोजना हुने यस महोत्सवको तयारी तीव्र गतिमा भइरहेको छ । संस्थाका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काले ५० प्रतिशतभन्दा बढी तयारी पूरा भइसकेको र मंसिर १–२ सम्म सबै तयारी सकिने बताउनुभयो। महोत्सवको तयारीमा ३५ वटा उपसमिति खटिएका छन्।

'स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवर्द्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने नाराका साथ आयोजना हुने यस महोत्सवमा फिस टनेल, जलपरी, आईफिल टावर, बालउद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति र यस क्षेत्रको रैथाने खेल कुस्ती प्रतियोगिता मुख्य आकर्षण रहनेछन्। चेम्बर अफ कर्म, रुपन्देहीका निवर्तमान अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका सह–संयोजक दर्पण श्रेष्ठका अनुसार यस पटकको कुस्ती प्रतियोगितामा महिला पहलवानहरूको पनि सहभागिता रहनेछ ।

मंसिर ३ गते झाँकी सहितको र्‍यालीपश्चात महोत्सवको उद्घाटन गरिनेछ। महोत्सवमा २५० भन्दा बढी स्टल रहनेछन्। चेम्बर अफ कमर्स, रुपन्देहीका महासचिव लक्ष्मी अधिकारीले संस्थामा दर्ता भई नविकरण भएका सम्पूर्ण साधारण सदस्य एवं आजीवन सदस्यहरूलाई महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको जानकारी दिनुभयो। महोत्सवको मुख्य उद्देश्य लुम्बिनी क्षेत्रका पर्यटकीय स्थलको विकास गरी परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनु र राष्ट्रिय, साना तथा घरेलु उद्योग र व्यापारको प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार