मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

पाल्पामा भन्सार छलीका विद्युतीय सामानसहित दुई जना पक्राउ

Ujyalosandeshonline 12444+ समाचार ( )
३० श्रावण २०८३, शनिबार

पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ पैठेडाँडाबाट भन्सार छलीका विद्युतीय सामान र ईभी गाडीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गाडी चालक स्याङ्जा वालिङका ३७ वर्षीय यामबहादुर सार्की र सामान धनी नवलपरासीका ३७ वर्षीय दिनेश दर्जी रहेका छन् । बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ०१९३ नम्बरको ईभी गाडीलाई प्रहरी चौकी दोभानको टोलीले जाँच गर्दा बिलभन्दा बढीका सामान भेटिएका हुन् ।

गाडीबाट टाटा कम्पनीका चार सेट एसी, आठ थान टिभी, एक थान एग्रो पेन रिलिफर र एक थान एलजी बारसाउन्ड गरी करिब रु चार लाख ७५ हजार बराबरका अवैध सामान बरामद गरिएको छ । नियन्त्रणमा लिइएका दुवै जनालाई गाडी र सामानसहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार