मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

७ नम्बर प्रथम वडा कप ः
भैरहवा क्रिकेट क्लब ८ विकेटले विजयी

Ujyalosandeshonline 11768+ समाचार ( )
१३ माघ २०८०, शनिबार

भैरहवा । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ को आयोजनामा भएको प्रथम वडा कप क्रिकेट प्रतियोगिताको उपाधि भैरहवा क्रिकेट क्लबले उचालेको छ । शनिबार भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा सम्पन्न भएको फाइनल खेलमा भैरहवा क्रिकेट क्लबले भैरहवा टोल सुधार समितिलाई ८ विकेटले पराजित गरेको हो । जित संगै भैरहवा क्रिकेट क्लबले नगद १५हजार रुपैया र ट्रफि तथा दोश्रो हुने भैरहवा टोल सुधार समितिले नगद १० हजार रुपैया संगै ट्रफि प्राप्त गरेको छ । 

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भैरहवा टोल सुधार समितिले निर्धारित १६ ओभरको खेलमा ९ विकेटको क्षतिमा ७७ रन बनाएको थियो । उसका लागि कुशल धितालले सर्वाधिक २५ रन बनाए । यस्तै बिजय अधिकारीले १९ रन  बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक समेत जोड् सकेनन् । 

बलिङमा भैरहवा क्रिकेट क्लबका अनुराग बिक्रम शाही र भवर बिक्रम शाहीले समान २÷२ विकेट लिए । यस्तै मोहम्मद रफिक, शुसान्त नाउ र अक्षय जंग राणाले समान १÷१ विकेट लिए । 

७८ रनको सामान्य लक्ष्य भैरहवा क्रिकेट क्लबले १० ओभरमै मात्र २ विकेटको क्षतिमा प्राप्त ग¥यो । भैरहवा क्रिकेट क्लबका लागि ओपनर मोहम्मद रफिकले अविजित ४२ रन र बैजनाथ सहानीले २९ रन बनाए । 

बलिङ्गमा भैरहवा टोल सुधार समितिका बिनोद विश्वकर्माले १ विकेट लिएका थिए । २ विकेट लिएका भैरहवा क्रिकेट क्लबका भवर बिक्रम शाही खेलको म्यान अफ द म्याच घोषित भए ।

यस्तै भैरहवा क्रिकेट क्लबकै मोहम्मद रफिक बेष्ट ब्याटर र मेन अफ द सिरिज घोषित भए भने क्लबकै बेष्ट बलर अनुराग बिक्रम शाहीले प्राप्त गरे । 

वडा कपको समापन कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँनले नगर पालिकाले अन्य विकास संगै खेलकुद विकासलाइ पनि प्राथमिकता दिएको बताए । युवाहरुलाइ कुलतबाट जोगाउन र नगरमा क्रीकेट खेलाडी उत्पादन गर्ने उद्देश्य सहित वडाकप आयोजना गरिएको बताए । फरक प्रसङ्गमा बोल्दै उनले नगरको बिकासमा सबै नगरवासी एकजुट हुन उनले अपिल गरे । भैरहवालाइ हरित नगर बनाउन नगरपालिकाको प्रयासलाइ नागरिकको सहयोग आवाश्यक रहेको उनले बताए । 

वडा नम्बर ७ का वडा अध्यक्ष दामोदर शर्मा घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष उज्वल पोखरेल, ४ का वडा अध्यक्ष मुक्ती बहादुर यादवले बोल्दै वडा कपबाट छानिएका खेलाडीहरु मध्ये नै नगरस्तरिय टिम तयार गरिने बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार