मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

समितिले प्रदेश सरकारको नीति कार्यक्रम माग गरी छलफल गर्ने

Ujyalosandeshonline 12208+ समाचार ( )
२० चैत्र २०८१, बिहीबार

काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापति ठाकुर प्रसाद गैरेले प्रदेश सरकारको नीति कार्यक्रम माग गरी छलफल गर्ने बताएका छन् । 

सिंहदरबारमा विहीवार बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमाउनले प्रदेश सरकारसँग नीतिमाग गर्न आजै औपचारिक निर्णय गरेर पठाउने बताएका हुन् ।  

उनले भने,‘आजको बैठकबाट एउटा निर्णय गरौ कि प्रदेश सरकारको नीति कार्यक्रम पनि हाम्रो समितिले माग गर्ने र त्यो प्रदेश सरकारको नीति कार्यक्रमलाई पनि हामीले आफ्नो अध्ययन सामाग्री बनाएर हामी छलफलमा जाने । त्यसको लागि समितिबाट प्रदेश सरकारसँग नीति कार्यक्रम सहित त्यो कति कार्यान्वयन भयो भन्ने कुराको रिपोर्ट समेत हामीले प्रदेश सरकारसँग माग गर्ने औपचारीक निर्णय गरेर आज हामीले पठायौ भने त्यो पनि केही दिनमा प्राप्त हुन्छ । हामी त्यसलाई विषय बनाएर जान्छ ।’

उनले कर्णाली प्रदेशमा जादा संविधानको भाग चारमा भएको अनुसार गर्ने भन्दै छलफलको विषय भएकोले सम्पुर्ण सदस्यलाई अध्ययन गर्न अनुरोध समेत गरे । यस्तै बैठकमा समितिका सदस्यतथा नेकपामाओवादी केन्द्रका सांसद हितराज पाण्डेले कर्णाली प्रदेशका स्थानीय तहका सबै प्रमुख, उपप्रमुख सहितको एउटा छलफलको कार्यक्रम राख्न सुझाव दिएका छन् । 

‘संघीय देश भएकोले हामीले हेर्दा तीनै तहकाकामको निरिक्षण, अनुगमन, राष्ट्रिय नीति अनुसार भएको छ कि छैन भनेर हेर्ने हो । मुल्याङक पनि त्यसको आधारमा गर्ने हो त्यसैले हामीले कार्यक्रम बनाउदा मलाई के लाग्छ भने मेरो सुझाव एक पटक कर्णाली प्रदेशका स्थानीय तहका सबै प्रमुख, उपप्रमुख सहितको एउटा छलफलको कार्यक्रम राख्नपर्यो,’ उनले भने । 

यस्तै समिति सदस्य तथा नेपाली कांग्रेसकी सांसद शान्ती वि.क ले प्रदेशहरुको अनुगमनमा जादा प्रदेशको आवश्यता र सरकारले दिएको कुराहरु क्ति कार्यान्वयन भएन भएको पक्षलाई छुट्याएर जानुपर्ने बताएकी छन् । 

आजको बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसदमा प्रस्तुत भएको नेपाल सरकारको आ.व. २०७९÷०८० को वार्षिक प्रतिवेदन (विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य र पूर्वाधार) का विषयमा छलफल भएको थियो । यस साथै समितिले कर्णाली प्रदेशबाट पहिलो अनुगमन जाने तयारीको बारेमा पनि छलफल गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार