मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

स्कारपिओ र मालबाहक ट्रक ठोक्किदा पाँचजना घाइते

Ujyalosandeshonline 11768+ समाचार ( )
२९ माघ २०८१, मङ्गलबार

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ५ स्थित चाँदी पुल नजिक स्कारपिओ र मालबाहक ट्रक एक आपसमा ठोक्किदा पाँचजना घाइते भएका छन् । चन्द्रपुरबाट सर्लाही जाँदै गरेका ना.४ च.३६९४ नम्वरको स्कारपिओ र विपरित दिशाबाट आउदै गरेका बा.प्र. ०१–००६ ख ५७२९ नम्वरको मालबाहक ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । 

पूर्व पश्चिम राजमार्गमा मंगलवार विहान करिब साढे ८ बजे दुबै साधन एक आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय चन्द्रपुरले जनाएको छ । स्कारपिओका चालक सहित पाँच जना घाइते भएको र उनीहरुको चन्द्रपुर अस्पताल प्रालीमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय चन्द्रपुरका अनुसार घाइतेहरुको टाउको, निधार, हात, आँखा लगायतका शरीरको विभिन्न भागमा चोट लागेको छ ।

बारा सिम्रौनगढ नगरपालिका वडा नम्वर ७ का २८ बर्षिय सन्तोष कुशवाहाको टाउको, निधारमा चोट लाग्दा अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रौतहट मौलापुर नपा ३ का २० बर्षीय सुदिपकुमार यादव, दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ का १८ बर्षीय प्रशान्त ठाकुर, बौधीमाई नगरपालिका ३ मटिअर्वा घर भएका २१ बर्षीय स्कारपिओ चालक रामविनोद महतो र सोही नगरपालिका वडा नम्वर २ का १८ प्रदीप कुशवाहा घाइते भएका छन ।

ट्रक चालक दोलखा जिरी नगरपालिका वडा नम्वर ४ का २८ बर्षिय फुरी तामाङलाई सहित ट्रक र स्कारपिओ इलाका प्रहरी कार्यालय चन्द्रपुरको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ   ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार