मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

अपाङ्गता भएका व्यक्तिहरुको रिले अनशन जारी

Ujyalosandeshonline 12547+ समाचार ( )
२८ वैशाख २०८१, शुक्रबार

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुले आफ्ना अधिकार सम्बन्धि तीन बुँदे माग राख्दै शुक्रबार पनि रिले अनशन जारी राखेका छन् ।

काठमाडौंको शान्तिवाटीमा १७ गतेदेखि तनहुँ जिल्ला म्यादे गाउँपालिकाका दीपक भण्डारीलगायत १२ जनाले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ र नियमावली २०७७ मा उल्लेख भएका अधिकार कार्यान्वयनका लागि तीन बुँदे माग आफ्ना मागसहित निरन्तर रिले अनशन जारी राखेका हुन् ।

अनशन बसिरहेका भण्डारीले चैत १४ मा वैशाख १ गतेबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग माग सम्बोधनको सहमति भएको तर पछि कार्यान्वयन नभएपछि  अनिश्चितकालीन अनशन सुरू गरेको बताए ।

उनले अझै आफुहरुको माग सम्बोधन नभए जटिल सडक आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । अनशनकर्ताहरूमा भण्डारीसँगै अपाङ्गता अधिकारकर्मीहरू नरेश राना, लक्ष्मण राना मगर, कोषबहादुर थापा, प्रमिस दुरा, तुलसीराम श्रीपाल, केश गुरुङ, राजकुमार राना, दिलिप सापकोटा, प्रेम बुढाथोकी, भोजराज श्रेष्ठ र सिर्जना केसी रहेका छन ।

यस्ता छन् तीन बुद्दे मागः

१) पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यकताको आधारमा व्यक्तिगत सहयोगी सेवा तथा साङ्केतिक भाषा दोभासेको आ.ब. २०८१÷२०८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमा अनिवार्य व्यवस्था गरि तुरुन्तै लागु गरियोस ।

२) सबै अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यकता अनुसारका सहायक सामाग्रीहरु सरकारी संयन्त्रबाटै निशुल्क प्राप्त गर्ने अनिवार्य ब्यवस्था गरियोस ।

३) अपाङ्गता भएका व्यक्तिहरुको सेवा सुविधाहरूलाई स्थानिय तहमार्फत प्रदान गर्न नियमावलीको दफा ९ अनुसारको “सामुदायिक सहायता सेवा” सम्बन्धी कार्यबिधि बनाई आ.ब. २०८१÷२०८२ बाट शुरु गरियोस ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार