मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

१५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

Ujyalosandeshonline 12320+ समाचार ( )
३० फाल्गुन २०८१, शुक्रबार

जनकपुर । विश्वकै सबैभन्दा लामो धार्मिक पदयात्रा १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाका आज सम्पन्न भएको छ । परिक्रमा यात्री र परिक्रमामा सहभागी हुन नसकेका श्रद्धालुभक्तजनहरुले आज जनकपुरधामको अन्तःगृह परिक्रमा गरेसंगै मिथिला माध्यमिकी परिक्रमा सम्पन्न भएको हो ।

धनुषाको कचुरीबाट निस्किएको डोलासहितको परिक्रमाले भारतको कल्याणेश्वर स्थानमा रेखा खिचेर संकल्प लिँदै औपचारिक रूपमा १५ दिनसम्म १५ ऐतिहासिक एवं धार्मिक स्थानको परिक्रमा गरि बिहीबार कल्याणेश्वर स्थानमा आफूले खिचेको रेखा मेटाउँदै शुक्रबार जनकपुरधाम आइपुगेको छ ।

सबैभन्दा लामो धार्मिक पदयात्राको क्रममा सहभागीहरूले नेपालको ११ र भारतको ४ विश्रामस्थलमा विश्राम लिएर नेपाल ९० र भारतको ३० गरी जम्मा १२० किलोमिटरको यात्रा खाली खुट्टा तय गर्दै जनकपुरधाम बिहीबार जनकपुर फर्किएका थिए । शुक्रबार विहानैदेखि ९ किलोमिटर लामो अन्तःगृह परिक्रममा लाखौं श्रद्धालु सहभागी भएका छन् ।

परिक्रमावासीलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले जनकपुरधामको सुरक्षा व्यवस्था कडा पारेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना प्रकाशन गरी परिक्रमा समापन नहुञ्जेलसम्म जनकपुर धामको परिक्रमा क्षेत्रमा मास मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । तराईमा आज होली रहेतापनि जनकपुरलगायत मिथिलाञ्चलमा अन्तःगृह परिक्रमा गरिएको भोली पल्ट मात्र होली खेल्ने परमपरा रहि आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार