हेटौंडा उपमहानगर बालमैत्री स्थानीय शासनयुक्त घोषणा

Ujyalosandeshonline 11144+ समाचार ( )
१ फाल्गुन २०८१, बिहीबार

हेटौंडा ।  हेटौंडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासनयुक्त उपमहानगर घोषणा  गरिएको छ । घोषणा कार्यक्रममा सम्बोधन गर्दै उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय तहले समस्या समाधान र विकास निर्माणका कार्यलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् । 

उनले बालबालिकाको सर्वाङ्गीण विकासमा राज्यसँगै परिवारको भूमिका पनि महत्त्वपूर्ण रहेको बताउनुभयो। साथै, बालबालिकाको अधिकार र नागरिकको मौलिक हक सुनिश्चित गर्न संघ, प्रदेश, र स्थानीय सरकार मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याए । 

बागमती प्रदेशका कार्यबहाक मुख्यमन्त्री प्रकाश श्रेष्ठले हेटौंडा उपमहानगरपालिकालाई महानगर बनाउन आफूहरू प्रतिबद्ध रहेको बताउँदै, महानगरका मापदण्ड पूरा गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उल्लेख गरे ।

हेटौंडा उपमहानगरपालिकाले बालमैत्री घोषणाका लागि आवश्यक ५१ मध्ये ४३ सूचकमा शतप्रतिशत नतिजा हासिल गरेको नगर उपप्रमुख राजेश बानियाँले बताए । 

१८ वर्षमुनिका ५०,१९५ बालबालिका रहेको यस उपमहानगरले घोषणापछि दिगोपनाका लागि पाँचवर्षे रणनीतिक योजना समेत तयार पारेको उप प्रमुख राजेश बानियाँ भनाई रहेको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार