मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

पञ्चकन्या, गोयन्का लगायत १८ उद्योगको विद्युत लाइन काटियो, करोडौं बक्यौता असुल गर्न प्राधिकरण अग्रसर

Ujyalosandeshonline 12611+ समाचार ( )
८ कार्तिक २०८२, शनिबार

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेर महसुल नतिर्ने थप १८ वटा उद्योगको विद्युत लाइन काटेको छ। यसअघि ६ वटा उद्योगको लाइन काटिएकोमा शुक्रबार रातिदेखि थप उद्योगहरूको लाइन काटिएको हो । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, कसमस सिमेन्ट, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलवारी स्वचालित कारखाना, जगदम्बा सेन्थेटिक, एभरेष्ट रोलिङ इन्ड्रस्टिज, घराना फुड्स, विशाल सिमेन्ट, बुटवल सिमेन्ट, निगाले सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लान्ट, हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न र सोना मिनरल्स एन्ड आयल्सको बिजुली काटिएको छ। यसअघि जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको आपूर्ति कटौती गरिएको थियो।

कूल ८ अर्बभन्दा बढी बक्यौता रहेकोमा केही उद्योगले किस्तामा तिर्न थालेका छन् भने ६ वटा उद्योगले अदालतबाट अन्तरिम आदेश लिएका छन्। हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्टको पनि बक्यौता रहेको ढकालले बताए। डेडिकेटेड र ट्रंकलाइनको महसुल उठाउने विषय २०७५ सालदेखि सुल्झिन सकेको छैन। यो विवाद अदालत, सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ। प्राधिकरणले गत असोज १२ गते उद्योगहरूलाई २१ दिनभित्र बक्यौता बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो। किस्ताबन्दीमा तिर्ने सुविधा दिइएकोमा सो अवधिमा पनि बक्यौता नतिरेपछि विद्युत महसुल संकलन नियमावली, २०७८ अनुसार लाइन काटिएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार