मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

दुई ठुलादलहरु देशको विशष्टि कार्यभार सम्हाल्न एक ठाउँमा उभिएका हौं : गृहमन्त्री

Ujyalosandeshonline 11768+ समाचार ( )
१९ भाद्र २०८१, बुधवार

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता भनेकै नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन् । 

बुधबार महेन्द्रनगर स्थित नेपालप्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै उनले प्रहरीकोे सुविधा सम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान सहजहुने बताए।

उनले भने,‘अहिले प्रहरीले समिति स्रोत साधनमा काम गर्नु परेको छ । नवनिर्मित भवनले सेवा प्रवाहमा सहज हुनेछ ।’उनले नेपाल प्रहरीलाई समयानुकुल अनुसन्धानका लागि समेत अब्बल बनाउनु पर्ने धारण व्यक्त गरे  । पछिल्लो समय साइवर अपराधहरु बढिरहेकाले प्रहरीले परम्परागत अपराध बाहेक साइवर अपराधमा पनि अनुसन्धान गर्नु परेको उनको भनाई थियो ।

त्यसैगरि कार्यक्रममा बोल्दै उनले संसदमा भएकादुई ठुला दलहरु बीत सहमति भएर नयाँ राजनितिक समीकरण बनाएको बताए । 

‘दुई दल बिच सात वुदे सहमति भएर सरकार निमार्ण भएको छ । कांग्रेस र एमाले मिलेर अन्तरिम संविधान बनायौ शसत्रद्धन्द्धलाई शान्तीमा ल्यायौ ।’उनले भने । 

उनले मुलुकमा दुई ठुला दल मिलेर ऐतिहासिक काम गरेको स्मरण गर्दै अहिले पनि संसदकादुई ठुलादलहरु मिलेर देशको विशष्टि कार्यभार सम्हाल्न एक ठाउँमा उभिएको बताए । उनले एमाले र कांग्रेस बिच भएको सातवुँदे सहमति कार्यान्वयनमा कुनै शंका नर्गन समेत आग्रह गरे ।

उक्त समारोहमा नेपाल प्रहरीका महानिरिक्षक बसन्तकुँवरले सम्पूर्ण नागकिरहरुले गुणस्तरीय सेवा प्राप्त गर्न सकुन भन्ने उदेश्यले पूर्वाधार विकासमा जोड दिएको बताए। 

उनले भने,‘नेपाल प्रहरीको मुख्य जिम्मेवारी अपराध अनुसन्धान भनेको सहज र सामान्य विषय होइन । प्रहरीको कार्य उपलब्ध पूर्वाधार कानुन र समाजको सहकार्यमा भर पर्दछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार