मुख्य समाचार
भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता |

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

रासस 710+ समाचार ( )
१२ माघ २०८२, आइतबार

बागमती । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ । साबुन उद्योग नजिकै तयारी साबुन र कच्चा पदार्थहरू राख्न निर्माण गरिएको गोदाममा गए राति अचानक विद्युत् सर्ट भई आगलागी हुँदा गोदामभित्र रहेका सम्पूर्ण साबुन, कच्चा पदार्थ, प्याकिङ गर्ने समान जलेर नष्ट भएको उद्योगका व्यवस्थापक प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

“आगलागीमा कतिको क्षति भयो भने तत्काल एकिन गर्न सकिँदैन”, उहाँले भन्नुभयो,  “तथ्याङ्क हेरेपछि मात्र क्षतिको एकिन गर्न सकिन्छ, तर गोदाममा रहेको कुनै पनि सामान जोगिएको छैन, सबै खरानी भइसकेको छ ।” यसो हेर्दा करिब १०–१२ करोड मूल्यबराबरकै क्षति भएको हुनसक्ने अनुमान गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

मध्यरातमा अचानक आगो लागेपछि तत्काल सुरक्षा निकायलाई जानकारी गराएर आगो निभाउने प्रयास गरिए पनि तत्काल आगो नियन्त्रणमा लिन नसक्दा बढी क्षति भएको व्यवस्थापक बुढाथोकीको भनाइ छ । आगो लागेलगत्तै हेटौँडा उपमहानगरपालिकाबाट आएको दुईवटा बारुणयन्त्र, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली र स्थानीयहरूको प्रयासमा अहिले केहीबेरअघि आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार