भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले विपत्तिका घटनापछि मृतकका क्षतविक्षत तस्वीर सामाजिक सञ्जालमा शेयर नगर्न आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै उहाँले सनसनी र पहुँचका लागि यस्ता संवेदनशील दृश्य फैलाउनु अस्वस्थकर भएको र यसले शोकसन्तप्त परिवारको पीडामा थप चोट पुर्याउने बताउनुभयो। सांसद भाटले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना र प्रभावितहरूका लागि सहानुभूति व्यक्त गर्नुभएको छ।