मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

कोशी प्रदेशमाथि बागमती प्रदेश ७ रनले विजयी

Ujyalosandeshonline 11005+ समाचार ( )
७ वैशाख २०८१, शुक्रबार

काठमाडौं । काठमाडौंमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी–२० च्याम्पियनशिप अन्तर्गत चौथो दिनको पहिलो खेलमा बागमती प्रदेशले रोमाञ्चक जित दर्ता गरेको छ ।

अन्तिम ओभरसम्म पुगेको खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई ७ रनको अन्तरले पराजित गर्दै प्रतियोगिताको दोस्रो जित हात पार्यो । कोशी प्रदेश भने आफ्नो पहिलो खेलमा पराजित हुन पुगेको हो ।

टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको बागमती प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको थियो ।

लगातार अन्तरालमा विकेट गुमाएको बागमती प्रदेशले साझेदारी बनाउन नसक्दा ब्याटिंगमा जुझ्नु परेको थियो ।

बागमतीका लागि ईशान पाण्डेले सर्वाधिक ३१ तथा सोनु देवकोटाले ३० रनको योगदान गरे। यस्तै गौतम केसी र रबिन जोशीले समेत समान १३÷१३ रन बनाएका थिए ।

कोशी प्रदेशको बलिङ्ग तर्फ सर्वन यादवले ३ विकेट तथा ज्ञानेन्द्र श्रेष्ठले २ विकेट हात पारे ।

जवाफमा १३९ रनको बिजयी लक्ष्य लिएर मैदान उत्रिएको कोशीले सानदार सुरुवात गरेको थियो। कप्तान अंकित सुवेदी र मिनस थापाले पहिलो विकेटको लागि ५३ रनको साझेदारी गर्दै कोशीलाई राम्रो सुरुवात दिएका थिए ।

३६ रन बनाएका अंकित र ११ रन बनाएका मिनास गरि दुवै ओपनरको विकेट पश्चात केहि समस्यामा आएको कोशी प्रदेशलाई चेजमा कायम राख्न सुजन थपलिया र सोनु अन्सारीले तेस्रो विकेटका लागी २७ रनको साझेदारी गरे ।

ईशान पाण्डेले सोनुको विकेट प्राप्त गरे पश्चात ब्याटिङ्ग गर्न आएका फिर्दोश अन्सारीले सुजनसंग साझेदारी गर्दै कोशीको इनिंगलाई अघि बढाए। १४औं ओभरको अन्तिम दुई बलमा सुबास खत्रीले लगातार २ विकेट लिंदै बागमतीलाई खेलमा फर्काएका थिए ।

कोशीलाई जितसम्म पुर्याउन सुजन थपलियाले एक एण्डबाट लगातार प्रयास गरे। यद्यपि १७ औं ओभरको तेस्रो बलमा ३२ रन बनाएका सुजनलाई सुभ कंसाकारले पभेलियन फर्काए पश्चात बागमती खेलमा हावी बन्यो ।

४ विकेट बाँकी रहंदा २० रन आवश्यक रहेको अवस्थामा बागमतीका रिजन ढकालले १८ औं ओभरमा २ विकेट तथा राम नरेश गिरिले १९ औं ओभरमा १ विकेट लिएपछि कोशी समस्यामा आएको थियो। अन्तिम ओभरमा रिजनले शर्वन किस्कुको विकेट लिंदै बागमतीलाई रोमाञ्चक खेलमा जित दिलाए ।

खेलको प्लेयर अफ दि म्याच बागमतीका ईशान पाण्डे चुनिए। प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश भिड्दै छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार