मुख्य समाचार
कर्णाली प्रदेशसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण | भूमि प्रशासनका जटिल लिखत/फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने | बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु | वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय | भेटनरी अस्पताल सप्तरीका प्रमुख दाससहित दुई जनामाथि आरोपपत्र दायर | मनसुनजन्य विपद् न्यूनीकरणमा सचेतना अभियान तीव्र बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन | सबैभन्दा बढी वर्षा रौतहटमा | राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल | आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा | बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध |

रुपन्देहीबाट लागुऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ

Ujyalosandeshonline 11930+ समाचार ( )
२३ पौष २०८२, बुधवार

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागुऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं. ३ बस्ने २४ वर्षीय दिपेन्द्र चाई रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले चाईलाई सिद्धार्थनगर नगरपालिका–१ बेलहिया क्षेत्रबाट नियन्त्रणमा लिएको थियो ।

प्रहरीले सोधपुछ गर्दा उनले आफ्नो घरको कोठामा लागुऔषध लुकाएको स्वीकार गरेका थिए । निजको बयानका आधारमा मायादेवीस्थित घरमा खानतलासी गर्दा २६ ग्राम ३२० मिलिग्राम (प्लास्टिकसहित २८ ग्राम २९० मिलिग्राम) ब्राउनसुगर जस्तो देखिने पदार्थ र तौल गर्न प्रयोग हुने एक थान डिजिटल तराजु बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार