मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

नवलपरासी (पश्चिम) मा प्रहरीको सक्रियता, दुई दिनमा करिब १३ लाखको अवैध सामान बरामद

सितमती हरिजन 24+ समाचार ( )
९ श्रावण २०८२, बिहीबार

परासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले पछिल्लो दुई दिनमा भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको करिब १३ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। असार ६ र ७ गते जिल्लाका विभिन्न स्थानबाट उक्त मूल्य बराबरको सामान नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाईबाट खटिएको संयुक्त गस्ती टोलीले चेकजाँचको क्रममा अवैध रूपमा ल्याइएका सामानहरू बरामद गरी आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा पठाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तले जानकारी दिनुभयो।

बरामद गरिएका सामानमध्ये सबैभन्दा ठूलो परिमाणमा औषधी रहेको छ। इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले बर्दघाट नगरपालिका-४ स्थित TCN चोकमा लु २ ख ४६४४ नम्बरको यात्रुवाहक बस जाँच गर्ने क्रममा बिलबिजक नभएको १० लाख ५३ हजार ९१२ रुपैयाँ बराबरको विभिन्न प्रकारका औषधीहरू बरामद गरेको हो। उक्त औषधी बसको डिक्कीमा लुकाएर ल्याइएको थियो।

यसैगरी, प्रहरीले अन्य विभिन्न स्थानबाट हार्डवेयरका सामान, खाद्यान्न, लत्ताकपडा, किराना तथा पशु स्वास्थ्यसम्बन्धी सामग्रीहरू पनि बरामद गरेको छ। प्रहरीले रामग्राम नगरपालिकाबाट सेतो मटर र हार्डवेयरका सामान; पाल्हीनन्दन गाउँपालिकाबाट मिठाई, चकलेट, खाने तेल र प्लम्बिङ पाइप; र सरावल गाउँपालिकाबाट पशु भिटामिन, लेडिज सुट, साडी, र चिनी जस्ता सामानहरू नियन्त्रणमा लिएको हो।

प्रहरी नायव उपरीक्षक पन्तका अनुसार, सीमा क्षेत्रमा हुने अवैध चोरी-निकासी र भन्सार छली नियन्त्रण गर्ने अभियानअन्तर्गत यो कारबाही गरिएको हो। बरामद गरिएका सम्पूर्ण सामानको कुल मूल्य १२ लाख ९८ हजार ५८७ रुपैयाँ रहेको र सबै सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको उहाँले बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार