मुख्य समाचार
भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण |

बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु

Ujyalosandeshonline 12336+ समाचार ( )
३१ जेठ २०८३, आइतबार

बाजुरा । बाजुराको बडिमालिका नगरपालिकामा पोखरीमा नुहाउने क्रममा डुबेर एक बालिकाको दुःखद मृत्यु भएको छ। बडिमालिका नगरपालिका वडा नम्बर १ सल्याना गाउँ बस्ने कित्तु कार्कीकी १४ वर्षीया छोरी भावना कार्कीको पोखरीमा डुबेर मृत्यु भएको हो। आइतबार साँझ अन्दाजी ७:३० बजेको समयमा पोखरीमा नुहाउने क्रममा उनी अचानक डुबेर बेहोस भएकी थिइन्। बेहोस अवस्थामा फेला परेकी बालिकालाई उनका दाजु वीरभाने कार्कीले तत्कालै उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मार्तडी पुर्‍याएका थिए। अस्पताल पुर्‍याएर चिकित्सकहरूले उपचार सुरु गरेको केही बेरमै उनलाई मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार मृतक बालिकाको शवलाई अहिले जिल्ला अस्पताल मार्तडीमै राखिएको छ। उक्त शवको भोलि पोस्टमार्टम गरिने र त्यसपछि कानुनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ। घटना भएको उक्त स्थान जिल्ला प्रहरी कार्यालय बाजुराबाट पैदल दुरीमा अन्दाजी १ घण्टा ३० मिनेट दक्षिण-पश्चिम क्षेत्रमा पर्दछ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार