मुख्य समाचार
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त |

परासीमा ५० जनाले गरे रक्तदान

Ujyalosandeshonline 12457+ समाचार ( )
१ असार २०८१, शुक्रबार

परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारमा शुक्रबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । परासी बजारको बुद्धचोकमा आयोजना गरिएको उक्त कार्यक्रम ५० जनाले रक्तदान गरेका छन् । विश्व रक्तदाता दिवसको अवसर पारेर गरिएको कार्यक्रममा रक्तदाताहरुको उत्साहजनक उपस्थिति थियो । रामग्राम जेसीजको अगुवाइ तथा जिल्ला प्रहरी कार्यालय नवलपरासी, एभरग्रीन अस्पताल परासी र परासी बैंकर्स क्लबको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाईटी, रक्त सञ्चार सेवा केन्द्र परासीको प्राविधिक सहयोगमा परासीमा बृहत जनचेतनामूलक रक्तदान कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा रक्तदाता राजकुमार रेश्मीले ४३ औं पटक रक्तदान गरे भने ज्योति विकास बैंकका प्रबन्धक दीपक अधिकारीले पहिलोपटक रक्तदान गरे । साथै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) रेशम बोहोरासहित प्रहरी कर्मचारी, विभिन्न बैंकका कर्मचारी, स्वास्थ्यकर्मी, विभिन्न संघ–संस्थाका पदाधिकारी, युवा, महिला तथा अन्य स्थानीय रक्तदाताहरु गरी ५० जनाले रक्तदान गरेको रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलले बताए । 

जिल्लामा देखिएको रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्यले परासीको बुद्धचोकमा रक्तदान कार्यक्रम गरिएको उनको भनाइ थियो । पगर्मी समयमा अस्पतालहरुमा बिरामीको चाप बढिरहेको तर, रक्त सञ्चार केन्द्रमा रगत अभाव भइरहेकोले कसैको पनि रगत अभावका कारण अकालमा ज्यान जान नपरोस् भनेर खुल्ला रुपमा रक्तदान गरिएको रामग्राम जेसीजका अध्यक्ष पौडेलले जानकारी दिए। 

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल) ले रक्तदान जस्तो पवित्र कार्यक्रम आयोजना गरि रगत अभावलाई परिपूर्ति गर्न टेवा पुर्याएकोमा आयोजक संस्थाहरुलाई धन्यवाद ज्ञापन गरे । उनले रक्तदानको विषयमा नागरिकहरुमा अझै पनि भ्रम र डर रहेको बताउँदै प्रत्येक स्वस्थ व्यक्तिले तीन, तीन महिनामा रक्तदान गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न जोड दिए । 

रामग्राम जेसीजका अध्यक्ष पौडेलको अध्यक्षता तथा जिसस प्रमुख यादवको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारी, नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति राजेन्द्र प्रसाद अग्रहरी, हालसम्म ४३ पटक रक्तदान गरेका रामग्राम जेसीजका पूर्वअध्यक्ष राजकुमार रेश्मी लगायतले रक्तदानको महत्वबारे प्रकाश पारेका थिए । 

रामग्राम जेसीजका कानूनी सल्लाहकार विष्णुराज रावको सञ्चालन, जनसम्पर्क अधिकारी रामप्रसाद पौडेलको आस्था पाठ र कार्यक्रम संयोजक एवं कार्यकारिणी उपाध्यक्ष सुनिल कुमार यादवको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार