मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

भैरहवाको मौसम अझै केही दिनसम्‍म नखुल्ने

Ujyalosandeshonline 12441+ समाचार ( )
२३ पौष २०८१, मङ्गलबार

भैरहवा । भैरहवा तथा आसपास क्षेत्रको मौसम अझै दुई-तीन दिन हुस्सु, कुहिरो र शीतलहर चल्ने सम्भावना रहेको छ। सोमबार घाम लागेपनि मंगलवार बिहानैदेखि बाक्लो हुस्सु र कुहिरोले छोपेको छ। दिउँसोदेखि शीतलहर चल्न थालेको छ । हुस्सु र शीतलहरसँगै चिसो बढेकाले यस क्षेत्रको जनजीवन प्रभावित छ । ‘केही समय-समयका लागि मौसम खुलेपनि समान्यतया अझै दुई–तीन दिनसम्म मौसम सफा हुने अवस्था देखिँदैन’, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलस्थित जल तथा मौसम पूर्वानुमान शाखाका प्रमुख तथा मौसमबिद् सुभाष रिमालले भने, ‘त्यसपछिका दिनमा मौसम कस्तो रहन्छ भन्ने अहिले नै पूर्वानुमान गर्न सकिँदैन ।’

मंगलबार बिहानै देखिको हुस्सु, कुहिरोका कारण भिजिविलिटी कम हुँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि हवाइ उडान समेत हुन सकेको छैन भने सडकमा सर्वसाधरण र सवारी साधनको संख्या समेत पातलिएको छ। अत्याधिक चिसोका कारण सडक किनारमा सर्वसाधरणहरुले आगो बालेर तापेका छन्। 

मौसम शाखाका अनुसार मंगलवार भैरहवाको तापक्रम न्युनतम ११ देखि अधिकतम १५ डिग्री सेल्सियसका बीच छ । बाक्लो कुहिरोका कारण भिजिबिलिटी न्युनतम ९ सय र अधिकतम १ हजार २ सय मिटर छ ।‘तापक्रम र भिजिविलिटी दुवै बढ्ने र घट्ने क्रम चलिरहेको छ’, प्रमुख रिमालले भने, मंगलवार दिउँसोपछि अझ प्रतिकुल बनेको छ ।’

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी बिनोद रावतले सामान्य अवस्थामा हवाइ उडान संचालनका लागि १ हजार ८ सय मिटरको भिजिविलिटी आवश्यक पर्नेमा त्यस अनुरुपको भिजिविलिटी नभएकाले हवाइ उडान हुन नसकेको बताए ।

बुद्ध, यति र श्री एयरलायन्सले भैरहवा–काठमाडौं बीच दैनिक १८ देखि २० वटा र पोखराका लागि एउटा हवाइ उडान संचालन हुने गरेको छ । दैनिक सरदर २ हजार ६ सय जनाले यस विमानस्थल हुँदै हवाइ यात्रा गर्ने गर्छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार