मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

देशभर मनसुनी वर्षा : पहाडमा पहिरो र तराईमा बाढीको जोखिम

Ujyalosandeshonline 12320+ समाचार ( )
२४ असार २०८१, आइतबार

भैरहवा ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको छ । 

कोशी, बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई  स्थानमा  हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  तथा मधेस प्रदेशका एक÷दुई स्थानमा भारी  देखि  धेरै भारी वर्षाको सम्भावना रहेको छ ।   साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई  स्थानमा  अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा  गण्डकी र  लुम्बिनी  प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

मनसुनी वर्षाका कारण पहाडमा पहिरो र नदी तटीय क्षेत्र हरुमा बाढीको सम्भाना भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार