मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

बिमानस्थल सञ्चालनमा दबाब दिन, मेला स्थलमै बिमानको आकृति

विवेक विश्वकर्मा 26+ समाचार ( )
५ मंगशिर २०८०, मङ्गलबार

भैरहवा । भैरहवामा गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल निर्माण भई सञ्चालनमा समेत आई सकेको छ । बिमानस्थल सञ्चालनमा आएको एक बर्ष बढी भई सक्दा पनि नियमित रुपमा बिमानहरु आउन नसकेको कारण यहाका उद्योगी ब्यवसायी निराश छन् । नियमित सञ्चालनकै लागि यहाका ब्यवसायीहरुले पटक पटक बिमानस्थल अगाडी नै बिभिन्न बिरोधका कार्यक्रम गरेका छन् । 

बिरोधको यसै कार्यक्रमलाई जनस्तरमा लैजान एवम अन्र्तराष्ट्रिय बिमानस्थल नियमित रुपमा सञ्चालनमा ल्याउन दबाब दिने उद्देश्य सहित भैरहवाका ब्यवसायीहरुले नौलो तरिका अपनाएका छन् । 

बुधबार देखि उद्योग ब्यपार संगठन रुपन्देहीले भैरहवामा आयोजना गर्ने छैठौं लुम्बिनी प्रादेशिक महोत्सवको प्रवेशद्वारमा आयोजकले कृत्रिम बिमान निर्माण गरेका छन् । “बिमानस्थललाई नै हेरेर यहा करिब ८० अर्ब बराबरको लगानी भएको छ ।” संगठनका अध्यक्ष दर्पण श्रेष्ठले भने “सरकारले यसको सञ्चालनमा उदासिनता देखाएपछि जनस्तरमै दबाब श्रृजना गर्ने उद्देश्यले मेलामै बिमान निर्माण गरेका छौं ।”

करिब ५ लाखको लागतमा भारतका कालीगढ बोलाएर प्रवेशद्वारमा बिमानको आकृति तयार हुदैछ । मेलाको सुरुमै रहेकोले मेला अवलोकनका लागि आउने दर्शकको पहिलो नजरमै यहि परोस भन्ने मनसायले बिमान निर्माण गरिएको संगठनका पूर्व अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए ।

“लगाउनले यसको बिभिन्न अडकल लगाउलान तर यो बनाउनुको एक मात्र उद्देश्य अन्र्तराष्ट्रिय बिमानस्थल सञ्चालनको लागि दबाब दिनु हो ।”  भण्डारीले भने “यसले यो क्षेत्र बिमानस्थल सञ्चालनमा नआउदा ब्यवसायी कति पिडामा छन् भन्ने पनि देखाउछ ।”

बुधबार देखि सुरु हुने प्रादेशिक महोत्सवमा प्रवेशद्वार संगै मेला सचिवालय अर्घाखाँचीमा रहेको प्रसिद्ध सुपा देउराली मन्दिरको आकृतिमा बनाइको छ । स्थानीय उत्पादन र कृषिको प्रवद्र्धन गर्ने उद्देश्य सहित आयोजित मेला मंसिरको १८ गते सम्म सञ्चालन हुने छ । महोत्सवमा खेलकुदको प्रवद्र्धनका लागि भलिबल, कुस्ती लगायतका खेल प्रतियोगितामा महोत्सव सञ्चालन गरिने श्रेष्ठले बताए । तराईमा धेरै रुचाइएको कुस्ती प्रतियोगितामा महिला पहलमानको समेत सहभागीता रहने उनले जानकारी दिए । महोत्सवको करिब ५ लाख दर्शकले अवलोकन गर्ने र मेलामा ३ सय ५० स्टल हुने उनले बताए । 

भैरहवामा मेला महोत्सव एवम सार्वजनिक कार्यक्रमको लागि जग्गाको ब्यवस्था नहुदा बर्षैपिच्छे अस्थायी संरचनाँ बनाउनमै लाखौ रुपैया लाग्ने गरेको ब्यवसायीहरुले गुनासो गरेका छन् । उद्योग ब्यपार संगठनका निर्वतमान अध्यक्ष अनिल ज्ञवालीले यस बिषयमा पनि सरोकारवाला गम्भिर भएर लाग्नु पर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार