मुख्य समाचार
सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा | निर्वाचन आउन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न | भाषणमा ‘समृद्धि’, व्यवहारमा ‘सास्ती’ : रोहिणीका विद्यार्थीलाई नयाँ भवन ‘आकाशको फल’ | “भवन बनेर पनि प्रयोग गर्न नपाउँदा एउटै कोठामा दुई कक्षाका विद्यार्थी खाँदिएर पढ्न बाध्य छन् ” | विशेष महाधिवेशन : मतदान बिहीबार बिहान २ देखि ५ बजेसम्म | रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति | पहिचानवादी शक्तिहरू एक ठाउँमा: रुपन्देहीमा तीन दल एउटै चुनाव चिन्हबाट लड्ने | पवनकुमार सेठिया स्मृति क्रिकेट: आर्मीलाई हराउँदै रुपन्देही–११ ले जित्यो टी–ट्वान्टी सिरिज | खेलकुद क्षेत्रका चुनौती सम्बोध गर्न ‘पेसएक्स स्पोटर्स’ | गुल्मीको रिडीमा माघे सङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी पूरा |

नेवारी कला, संस्कृति जोगाउन यःमरी महोत्सव

रासस 189+ समाचार ( )
१४ मंगशिर २०८२, आइतबार

तानसेन (पाल्पा) । तानसेनस्थित टक्सारटोलमा यःमरी महोत्सव मनाइएको छ । तानसेन नगरपालिका र वडा कार्यालयको सहयोगमा मैत्री क्लब टक्सारले नेवारी कला, संस्कृति जोगाउन एकदिने महोत्सव आयोजना गरेको हो । पछिल्लो समय स्थानीय परिकार, वेशभूषा कला, संस्कृति, परम्परा, संस्कार हराउँदै गएको अवस्थामा पहिचान जोगाउँदै इतिहासबारे युवापुस्तामा जानकारी गराउन महोत्सव गरिएको क्लबले जनाएको छ ।

नेवारी परम्पराअनुसार मङ्सिर पूर्णिमाका दिन नयाँ धान भित्र्याएपछि घरभित्र धानको भकारी बनाउने, धानको भकारीलाई विधिवत रूपमा गशेण, शिवलगायत भगवान्को स्वरुप बनाएर पूजाआजा गर्ने र नयाँ धानको यःमरी बनाएर खाने र खुवाउने चलन रहेकाले नेवारी कला, संस्कृति बचाउन महोत्सवको आयोजना गरिएको क्लबका पूर्वअध्यक्ष बेशान्तर शाक्यले बताउनुभयो ।

यःमरी नेवारी समुदायले मात्र बनाउने र बढी मात्रा खाने प्रचलन छ । ‘य’ भनेको नेवारी भाषामा मनपर्ने मरी भनेको रोटी अर्थात् मनपर्ने रोटीका रूपमा नेवारी समुदायमा लिने गरिन्छ । यःमरी चाकु, गुँड, खुवा र तिललाई चामलो पीठोभित्र राखेर पकाइन्छ र तातो खाने गरिन्छ । महोत्सवमा २५ कक्ष रहेका थिए । जहाँ दर्शकले स्वादअनुसारका विभिन्न परिकारको उपभोग गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार