मुख्य समाचार
प्रहरी टोलीमाथि आक्रमण गर्ने मनसुरी नवलपरासीबाट पक्राउ | नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली | पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन | लिची | ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ | एक महिनामा २०५ अपराधका मुद्दा दर्ता | नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग |

१० वर्षे द्वन्द्वका कारण देशको मूल्यवान समय खेर गयो : प्रदीप ज्ञवाली

Ujyalosandeshonline 11306+ समाचार ( )
८ अशोज २०८१, मङ्गलबार

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले १० वर्ष अकारण मुलुक द्वन्द्वमा धकेलिएको बताएका छन् । मंगलबार राष्ट्रिय युवा संघ नेपाल साइवर सर्कल बिभागद्वारा आयोजित ‘डिजिटल मिडिया साक्षरता र कार्यशाला’ कार्यक्रममा उनले १० वर्षको द्वन्द्वका कारण देशको मूल्यवान समय खेर गएको भन्दै विकास गर्ने पैसा गोला बारुदमा खर्च गरेपछि सबै कुराहरु पछि धकेलिएको बताएका हुन् । 

उनले भने, ‘१० वर्ष अकारण मुलुक द्वन्द्वमा धकालियो । कारण केही पनि थिएन । बहुदल आएको पाँच वर्षभित्र त्यसको विरुद्धमा हतियार उठाउनुपर्ने कुनै जरुरत नै थिएन् । इतिहासमा एउटा ठूलो प्रश्न छ त्यो १० वर्ष देशको मूल्यवान समय खेर नै गयो । विकास, समृद्धि सबै कुरा गए, विकास गर्ने पैसा गोला बारुदमा खर्च गरेपछि सबै कुराहरु पछि धकेलियो । अर्को १० वर्ष त्यो परिपूर्ति गर्न लाग्यो । एउटा राजनीतिक मुद्दा त्यसले सिर्जना गरेका अवस्थाहरु र त्यसको व्यवस्थापनका लागि २० वर्ष खर्च गर्नपर्यो ।

यसको साथै उनले प्रायोजित तरिकाले गणतन्त्र मन नपराउनेहरुले देश बन्दैन्, भन्ने भाष्य निर्माण गरेको भन्दै त्यसलाई चिरेर देशलाई अगाडि बढाउनुपर्ने बताए । 

उनले भने, ‘देश बन्दैन्, यहाँ बस्नु हुदैँन् भनेर जुन भाष्य निर्माण भएको छ त्यसलाई चिरेर देश बन्छ भन्ने भाष्य निर्माण गर्नुपर्छ । कुनै ठाँउमा चुकेका पनि छौ, त्यसलाई अस्विकार गर्नुपर्ने कुनै कारण पनि छैन् । हामीले कसरी समस्याको समाधान गरेर अगाडि बढ्न सक्छौ त्यो पाटोबाट पनि हेरौं ।

तर प्रायोजित तरिकाले गणतन्त्र मन नपराउनेहरुले त्यसमा भएका कमजोरी मात्र देखाउने कुरा र प्रायोजित तरिकाले गर्न खोजिएको कामलाई बदल्छौ ।’यस्तै, भूकम्प, कोभिडका कारणले पनि देश पछाडि परेको भन्दै गरेका प्रयास निराशाजनक नभएको पनि उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार