मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

ठेक्का लिएर काम नगर्ने सांसदसहितको फोटो प्रदर्शन

Ujyalosandeshonline 12456+ समाचार ( )
११ फाल्गुन २०८०, शुक्रबार

मकवानपुर । मकवानपुरको मनहरीमा पुलको ठेक्का लिएर काम नगर्ने सांसद इन्द्र बहादुर बानियाँको फोटो व्यानरमा राखेर पाँच दलले बिरोध प्रर्दशन गरेका छन् ।

मनहरीमा पुल निर्माणको ठेक्का लिएर पनि काम नगर्ने बागमती प्रदेश सभा सदस्य बानियाँसहितका फोटोहरु व्यानरमा राखेर उक्त क्षेत्रमा प्रर्दशन गरिएको हो ।

पुल निर्माण गर्नका लागि बानियाँको कम्पनीले ठेक्क लिएपनि काममा ढिलासुस्ती गरेको, तोकिएको समयमा काम सम्पन्न नगरेकोलगायतका मागहरु राख्दै आएका पाँच दलले बिरोधको नयाँ शैली अनुसार व्यानरमा फोटो राखेर प्रर्दशन गरेका हुन् ।

उनीसहित अन्य ठेकेदारहरुको पनि नाम र फोटो राखेर काम सम्पन्न नगरी अलपत्र निर्माण स्थलमा पाँच दलले प्रर्दशन गरिएको नेकपा एमाले मनहरी गाउँपालिकाका अध्यक्ष नविन सुवेदीले जानकारी दिए ।

मकवानपुरको मनहरी गाउँपालिकामा एकपछि अर्को अनियमितताका विषयमा पाँच राजनीतिक दलहरुले ध्यानाकर्षण गराएपनि पालिकाले कुनैपनि चासो नदेखाएकाले ठेकेदारको फोटोसहित पाँच दलले बिरोध प्रर्दशन गरेका हुन् ।

मनहरी गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधीहरुको मिलेमतोमा नदीजन्य पदार्थमा गरिएको राजश्व छुटलगायतका विषयमा पाँच दलका नेताहरुले संयुक्त रुपमा हस्ताक्षर गरेर गाउँपालिकाको ध्यानाकर्षण गराएका थिए ।

मनहरी गाउपालिकामा भइरहेको योजनाहरूको ढिलासुस्ती, पाँचवटा पुल निर्माणमा भइरहेको ढिलाइ, गाउँपालिकामा भइरहेको निरन्तर अनियमितता लगायतका विषयमा पाँच राजनीतिक दलले संयुक्त रुपमा ध्यानाकर्षण गराईए पनि चासो नदिएपछि चरणबद्ध आन्दोलनमा उत्रिएको अध्यक्ष सुवेदीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै