मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

प्रधानमन्त्री कप क्रिकेट :
मधेशद्वारा बागमती ४ विकेटले पराजित

Ujyalosandeshonline 12614+ समाचार ( )
१३ चैत्र २०८१, बिहीबार

भैरहवा । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत लिग चरणको अन्तिम खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । 

बागमती प्रदेशले दिएको २६० रनको लक्ष्य मधेशले ४६.१ ओभरमा ६ विकेट गुमाउदै हासिल ग¥यो । मधेशका लागि कप्तान अनिल कुमार साहले सर्वाधिक अविजित ७० रन बनाए  । यस क्रममा उनले ५३ बलको सामना गर्दै ७ चौका र २ छक्का प्रहार गरे । यस्तै रोहन विश्वकर्माले ३९ रन, हरिशंकर साहले ३३ रन पवन सर्राफले ३१ रन र रुपेश सिंहले अविजित २५ रन बनाए । 

बलिङमा बागमती प्रदेशका सूर्य तामाङले २ विकेट, रिजन ढकाल, गौतम केसी, विपिन आचार्य र ईशान पाण्डेले समान १/१ विकेट लिए । 

यस अघि भैरहवा स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको बागमतीले  ईशान पाण्डेको शतकिय पारीको सहयोगमा ८ विकेट गुमाउदै २५९ रन बनाएको थियो । बागमतीका लागि ईशानले १२७ बल खेल्दै १४ वटा चौकाको सहयोगमा ११४ रन बनाएका थिए । बागमतीका लागि रिजन ढकाल र विवेक मगरले समान ३०/३० रन बनाउदा विपिन आचार्यले २७ रन बनाए । 

बलिङमा मधेशका हरिशंकर साह, पवन सर्राफ र अनिल साहले समान २/२ विकेट लिए । 

जारी प्रतियोगितामा ४ जित र ५ हार सहित ८ अंकले सातौ स्थानमा रह्यो भने ४ जित र ५ हार सहित नै बागमती अंकतालिकाको चौथो स्थानमा रह्यो । यस संगै प्रधानमन्त्री कप अन्र्तगत लिग चरणको सबै खेलहरु सकिएका छन् । भैरहवा स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बिच फाईनल खेल हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार