मुख्य समाचार
सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ | पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने | सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति |

झापा गोल्डकपको फाइनल आज, उपाधिका लागि चर्च ब्वाइज र एपिएफ क्लबबिच प्रतिस्पर्धा

Ujyalosandeshonline 11872+ समाचार ( )
२८ फाल्गुन २०८०, सोमबार

काठमाडौं । छैटौँ संस्करणको झापा गोल्डकपको उपाधिका लागि आज गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपिएफ क्लबबिच प्रतिस्पर्धा हुने भएको छ ।

खेल सोमबार अपरान्ह ३ बजे बिर्तामोडस्थित डोमालाल राजबंशी रंगशालामा हुदै छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले आयोजक झापा–११ लाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

यता,पहिलो सेमिफाइनलमा एपिएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई १—० गोलले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो।

यसअघिका पाँच संस्करणमा सहभागी भएको एपिएफ एफसी फाइनलमा पुगेको यो पहिलो पटक हो भने सहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेड पहिलो पटक गोल्डकपमा सहभागी भएको हो । चर्च ब्वाइजले प्रतियोगिताको पहिलो सहभागीतामै फाइनलमा पुग्न सफल भएको छ ।

प्रतियोगिताको विजेता टोलीले १३ लाख र उपविजेताले सात लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  यस्तै, प्रत्येक खेलाडीलाई जनही २५ हजार रुपैंयाँ विधागत पुरस्कारको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार